News राजनीति

ईश्वरविरुद्ध प्रदीपको आक्रामक चुनावी प्रचार, कलाकार, व्यवसायी र युवाहरुको साथ 

ईश्वरविरुद्ध प्रदीपको आक्रामक चुनावी प्रचार, कलाकार, व्यवसायी र युवाहरुको साथ 

काठमाडौं- काठमाडौं-५ मा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलविरुद्ध चुनावी मैदानमा उत्रिएका नेपाली कांग्रेसका युवा नेताको चुनावी प्रचार आक्रामक बन्दै गएको छ।

नेता पौडेलको चुनावी अभियानमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहदेखि कलाकाराहरु हरिवंश आचार्य, व्यवसायीहरु र युवाहरुको ठूलो साथ पाएका छन्। 

उनले आफ्नो उम्मेदवारी देशको राजधानीलाई राजधानीजस्तो बनाउन र देशमा सुशासन कायम गर्न तथा भ्रष्टाचारको अन्त्य गर्न प्रतिबद्ध रहँदै आएको बताएका छन्।

सत्ता सञ्चालनको अनुभव र शक्ति केन्द्रमा पहुँचका हिसाबले पनि पौडेल नेकपा एमालेको शक्ति केन्द्रसँगै प्रतिस्पर्धा गर्दैछन्। उम्मेदवार बनेको पहिलो दिनदेखि पौडेल चुनावी प्रचारमा जोडतोडसँग छन्। उनलाई एमाले उम्मेदवारले कुनै पनि एजेण्डा नपाएपछि टुरिष्टको संज्ञा दिएका छन्। 

ती प्रश्‍नमा प्रदीप पौडेलले प्रतिप्रश्‍न गरेका छन्, 'तपाईंहरुको मत लिएर गएपछि पाँच वर्षसम्म नफर्कने टुरिष्ट कि म टुरिष्ट?’ पौडेलले एमालेले लगाएको आरोपमाथि जवाफ दिइरहेका छन्। उनले बीसीडी अवधारणा अघि सारेका छन्। उनले वौद्धिक पलायन रोक्न (स्टप ब्रेन ड्रेन), भ्रष्टचार विरुद्ध लड्न (फाइट करप्सन) तथा दिगो विकासका लागि (सस्टेनेबल डेभप्लमेन्ट) योजनाबारे बताइरहेका छन्।

‘युवा नेपालमै बसेर आफ्नो योग्यता र क्षमता प्रयोग गर्न पाउने स्थिति राज्यले बनाउन सक्नुपर्छ। भ्रष्ट्राचारको गति यस्तै रह्यो भने राजनीतिले सेवा प्रवाह गर्न सक्दैन’ पौडेलले भनेका छन्, ‘हामीले गर्ने विकास दिगो हुन सकेन भने हामीले गरेको खर्चको उपलब्धी हासिल हुदैन।’

कांग्रेस नेता नरहरि आचार्य, हाँस्य कलाकार हरिवंश आचार्य, विवेकशील साझाका तत्कालीन अध्यक्ष उज्ज्वल थापाको परिवारलाई उनले भेटेका रहेछन्। हास्य कलाकार आचार्यले कुनै उम्मेदवारको पक्षमा नबोले पनि जितको शुभकामना दिएको बताए। ‘तपाईँ जस्तो युवा संसदमा आउनुपर्ने भन्दै शुभकामना दिनुभयो’, पौडेलले भने।

यस क्षेत्रमा रहेका उच्च पदस्थ व्यक्तिहरुले आफ्नो उम्मेदवारी प्रति खुसी व्यक्त गरेको पौडेलको बुझाइ छ। एमालेका उम्मेदवारप्रति आम नागरिक तथा उच्च पदस्थ व्यक्तिमा वितृष्णा रहेको उनको दाबी थियो। एमाले उम्मेदवार पोखरेलकै कारण आफूमाथि पनि अनेक प्रश्न बर्सिएको उनको बुझाइ छ।

उनको अभियानप्रति युवा पुस्ता सबैभन्दा बढी खुसी छ। युवाको प्रतिनिधिलाई नै कांग्रेसले अघि सारेको भन्दै एमाले कार्यकर्ताहरुले पनि आफूहरुले खुलेर लाग्‍ नमिल्‍ने भए पनि केही मतहरु सिफ्ट गराउने प्रतिबद्धता पौडेलसँग गरेका छन्।

विशेष