News

आरजुले डडेलधुरामा मतदाता थर्काउने यस्तो रहेछ कारण

आरजुले डडेलधुरामा मतदाता थर्काउने यस्तो रहेछ कारण

नेपाली कांग्रेसले शनिवार सार्वजनिक गरेको चुनावी घोषणा पत्रमा स्वदेशमै सम्मानजनक रोजगारी र उद्यममैत्री वातावरण बनाउने प्रतिज्ञा गरिएको छ। समग्र उत्पादनको लागत घटाउने, तुलनात्मक लाभका क्षेत्रलाई प्रतिस्पर्धी बनाउने र बर्षेनी लाखौंको संख्यामा सम्मानजनक रोजगारी सिर्जना गर्ने कांग्रेसको प्रतिवद्धता छ ।

घोषणा पत्रमा एक दशकमा नेपाललाई उद्यम–अनुकूल, मध्यम आय भएको समन्यायिक मुलुक बनाउने घोषणा गरिएको छ भने एक दशकभित्र चरम गरिबी एक अङ्कमा सीमित गर्ने संकल्प छ । तर, यो घोषणा पत्रमा कांग्रेसकै नेता त्यसमाथि सभापति शेरबहादुर देउवा पत्नि आरजु राणालाई नै विश्वास लागेको छैन।

त्यसैले त उनी देउवाको क्षेत्रमा गएर कहिले ‘कांग्रेसले नजितेका ठाउँमा वजेट नपठाउने’ धम्की दिन्छिन भने कहिले ‘कांग्रेसलाई भोट दिने युवालाई फ्रि भिसा फ्रि टिकटमा विदेश पठाउँछु’ भन्दै आश्वासन बाँड्छिन्। कांग्रेसले काम गरेर देशको अवस्था परिवर्तन गर्छ भन्ने लागेको भए उनी किन वेला वेला डडेलधुरा पुगेर मतदाता तर्साउँछिन ? भन्ने प्रश्न अहिले टड्कारो वनेको छ।

जानकारहरुका अनुसार आरजुले यसरी मतदाता धम्क्याउनु र फकाउनुका पछाडि अर्थपुर्ण कारण छ। देउवा ०४८ सालदेखी निरन्तर डडेलधुराबाट निर्वाचित हुँदै आएका छन् । डडेलधुराकै जनमतका कारण पाँचौ पटक देशको प्रधानमन्त्री बनिसके। तर, उनले आफनो ठाउँको विकासका लागि सिन्को समेत भाँचेका छैनन् ।

डडेलधुराबासी अहिले पनि चरम गरिवीमा छन्। त्यहाका युवाहरु अहिले पनि मासिक १० भारुमा भारतमा गएर भाँडा माझ्न विवस छन् । दिल्लीका अधिकांश होटल र कोठी (बंगला) मा अहिले पनि ‘कान्छा’ वा ‘बहादुरका’ का रुपमा नेपाली युवाहरु काम गरिरहेका छन्। त्यहाँ भेटिने अधिकांश युवा सुदुरपश्चिम वा कर्णालीका रहेको हिमालय टेलिभिजनका पुर्व वरिष्ठ निर्माता विकाश पाण्डे बताउँछन्। 

गएको दशैं अघि मात्रै दिल्ली पुगेर फर्केका पाण्डेले त्यहाँ काम गर्ने धेरै युवासँग प्रत्यक्ष कुराकानी गरेका थिए। त्यसमा पनि धेरै जसो डढेलधुराकै रहेको उनको भनाई छ।

‘२०/४० वर्ष अगाडि भारत गएर सानोतिनो काम गरेर जिविका चलाउनु धेरै जसो पहाडि जिल्लाका पहिलो पुस्ताका नेपालीको मजबुरी थियो । पहिलो पुस्ताले दुःख गरेपनि दोश्रो/तेस्रो पुस्ताका नेपाली धेरै राम्रो अवस्थामा छन दिल्लीमा (सुदुरपश्चिम वा कर्णाली बाहेक जिल्लाका)’ उनी भन्छन्–‘धेरैजसोले राम्रो पढे–लेखेर डाक्टर/ईन्जिनियर/व्यापारी भएका छन । सुदुरपश्चिम वा कर्णाली बाहेक अरु जिल्लाका नयाँ पुस्ताका युवा ‘कान्छा’ वा ‘बहादुर’का रुपमा विरलै भेटिन्छन ।’

तर, आजका दिनसम्म पनि अपवाद वाहेक सुदुरपश्चिम वा कर्णालीका युवा किन ‘बहादुर’ वा ‘कान्छा’ मै सिमित छन ? भन्दै उनले प्रश्न गरेका छन् । ‘त्यहि क्षेत्रका एउटा शेरबहादुर देउवा पाँच चोटी प्रधानमन्त्री बन्ने अनि अरु सबै जनता दिल्लीमा ‘बहादुर’ वा ‘कान्छा’ बन्नु पर्ने कस्तो नियति हो डढेलधुरावासीको ?’ उनको प्रश्न छ।

त्यहाँको अवस्था देखेपछि उनले ‘आफुलाई प्रधानमन्त्री बनाई राख्न तपाईहरुलाई गरिब बनाईएको त हैन होला नी ?’ भन्दै डडेलधुरावासीसँग पनि जिज्ञासा राखेका छन् । ३० वर्षसम्म सिन्को नभाँचेका देउवाबाट देशलाई मुक्त गराउनु पर्ने आवश्यक्ता समेत उनले देखेका छन् । देशलाई देउवाबाट मुक्त गर्न डडेलधुरावासी जाग्नु पर्ने उनी बताउँछन्। मंसिर ४ गते मत परिवर्तन गरेर डढेलधुरावासीले देशलाई मुक्त गर्नु पर्ने उनको भनाई छ। 

विशेष