News

संसद विघटनका विषयमा किन मौन बस्यो एकिकृत समाजवादी ? (घोषणापत्रको पुर्णपाठ)

संसद विघटनका विषयमा किन मौन बस्यो एकिकृत समाजवादी ? (घोषणापत्रको पुर्णपाठ)

नेकपा एकीकृत समाजवादीले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ। सोमबार पार्टी कार्यालयमा सार्वजनिक गरिएको घोषणापत्रमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्दै ओलीकै कारण जनतामा राजनीतिप्रति वितृष्णा उत्पन्न भएको आरोप लगाइएको छ । 

ओली सरकारले जनअपेक्षा र निर्वाचनको बेला जनतासमक्ष गरेको प्रतिबद्धताअनुसार काम नगरेको जनाएको उल्लेख छ । ‘२०७४ मा हामी तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर चुनावी गठबन्धन बनाई यहाँहरूबीच आएका थियौँ र झन्डै दुई तिहाई संसदीय स्थानमा विजय प्राप्त गरी केपी ओलीको नेतृत्वमा संघीय सरकार निर्माण गरिएको थियो,’ घोषणापत्रमा भनिएको छ ‘त्यस सरकारले जनअपेक्षा र निर्वाचनका बेला जनतासमक्ष गरिएका प्रतिबद्धताअनुरूप काम नगरेको मात्र होइन, भ्रष्टाचार र कुशासनलाई प्रश्रय दिएकाले जनताको अपेक्षामाथि गम्भीर रूपमा कुठाराघात भएपछि आम जनताका मनमा केपी ओलीको दक्षिणपन्थी अवसरवादका बारेमा मात्रै होइन, समग्र राजनीति प्रति नै वितृष्णा उत्पन्न हुन गयो ।’

ओली र एमालेलाई सुधार्न नसकेपछि विद्रोह गरेको घोषणा पत्रमा जनाएको छ । ‘एमाले नेतृत्वमा दक्षिणपन्थी अवसरवाद, गैरकम्युनिस्ट विचार, गलत आचरण र षड्यन्त्रकारी कार्यशैलीसमेत विकास भयो जसको कारण कम्युनिस्ट पार्टी र सिंगो कम्युनिस्ट आन्दोलनलाई नै ठूलो क्षति भयो’, घोषणापत्रमा भनिएको छ, ‘हामीले नेकपा एमालेमा व्याप्त अवसरवाद, गैर कम्युनिस्ट विचार, आचरण र कार्यशैली सुधार्नका लागि धेरै प्रयास ग¥यौं । एमाले नेतृत्वलाई सुधार्न र ठीक ठाउँमा ल्याउन नसकिने ठहर गरिसकेपछि हामीले विद्रोह ग¥यौं ।

तर, नेकपा फुट्नुको प्रमुख कारणका विषयमा भने समाजवादी मौन नेदिएको छ। संसद विघटनबाट सुरु भएको तत्कालिन नेकपाको विवादका कारण नेकपा एकीकृत समाजवादी जन्मिएको थियो। घोषणापत्रमा संसद विघटनका विषयमा कुनै कुरा उल्लेख गरिएको छैन।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेपछि माधवकुमार नेपालको नेतृत्वमा तत्कालिन नेकपा एमालेका सांसदहरुले पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालत पुगेका थिए ।

घोषणापत्रमा एमालेबाट अलग हुनुको कारण र औचित्यबारे प्रष्ट्याउने प्रयास गरिएपछि संसद विघटनबारे भने घोषणापत्र मौन छ । ‘हाम्रो विद्रोह र पार्टी पुनर्गठन’ शीर्षकमा पार्टी फुटाउनुको कारणबारे लामो ब्याख्या गरिएको छ । तर त्यहाँ संसद विघटनबारे केही उल्लेख गरिएको छैन । 


घोषणापत्रको पुर्णपाठ

विशेष