News

जसपा बाहिरिन खोजेपछि तिलमिलाए गठबन्धनका नेता

जसपा बाहिरिन खोजेपछि तिलमिलाए गठबन्धनका नेता

सिट बाँडफाँटमा असन्तुष्टि जनाएर जसपा गठबन्धन बाहिर निस्कने तयारीमा लागेपछि गठबन्धनका नेताहहरू तिलमिलाएका छन्। उनीहरु असन्तुष्ट जसपाका नेताहरुलाई फकाउने प्रयास गरेका छन् ।

आइतबार प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको बैठकमा जसपाका नेताहरुले आफ्नो पार्टीको कार्यकारिणी समिति बैठकको निर्णयबारे जानकारी गराएका थिए । जसपाले गठबन्धनमा सिट बाँडफाँट सन्तोषजनक नभएको भन्दै अरु दलसँग पनि तालमेलको विकल्प खुला राख्ने निर्णय गरेको छ ।

गठबन्धनका अन्य दलका नेताहरुले भने आफूहरु पनि सन्तुष्ट नभएको बताउँदै गठबन्धन वाहिर नजान आग्रह गरेका थिए। जसपा प्रवक्ता मनिष सुमनका अनुसार बैठकमा सिट बाँडफाँटबारे छलफल भए पनि सहमति जुटिसकेको छैन।

सिटबाँडफाँटमा सहमति जुटाउन आज पनि गठबन्धनको बैठक वसिरहेको छ।

विशेष