News

बौद्धिक नेता रामरिझनले छोडे बाबुराम भट्टराईको साथ, सिरहाका २ क्षेत्रबाट स्वतन्त्र लड्ने

बौद्धिक नेता रामरिझनले छोडे बाबुराम भट्टराईको साथ, सिरहाका २ क्षेत्रबाट स्वतन्त्र लड्ने

लामो समयदेखि डा. बाबुराम भट्टराईनिकट भनेर चिनिएका नेता रामरिझन यादव सिरहाबाट स्वतन्त्र रुपमा संघीय निर्वाचन लड्ने भएका छन्। नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष भट्टराईलाई छोडेर उनले सिरहाको २ वटा क्षेत्रबाट उम्मेदवारी दिने घोषणा गरेका छन् ।

नेसपाका केन्द्रीय सदस्य समेत रहेका यादव सिरहा क्षेत्र नम्बर २ र ३ बाट उठ्ने तयारीमा छन्। यादवले आफु नेपाल समाजवादी पार्टीमा आबद्ध नरहेको बताउँदै धेरै सोच विचार गरेर स्वतन्त्र लड्ने निष्कर्षमा पुगेको बताए ।

बाबुराम भट्टराईले पार्टी गठन गर्ने बेलामा आफ्नो नाम त्यत्तिकै राखिदिएको उनको दावी छ। जनमोर्चा हुँदै माओवादीमा आएका यादवले नयाँ शक्ति पार्टी गठन गर्दा र पछि उपेन्द्र यादवको पार्टीसँग एकीकरण गर्दा समेत भट्टराईलाई साथ दिएका थिए ।

भट्टराई प्रधानमन्त्री हुँदा उनी उनका प्रेस सल्लाहकार थिए । नेता यादवले निर्वाचन अयोगले तोकेको रकमभन्दा बढी नखर्चिने दाबी गरे । नेता यादवले उम्मेदवारी घोषणा गरेको सिरहा २ बाट ७४ मा नेकपा माओवादी केन्द्रका सुरेशचन्द्र दास यादव र सिरहा ३ बाट नेकपा एमालेका लीलानाथ श्रेष्ठ विजयी भएका थिए ।

यो पटक सत्ता गठबन्धनबाट सिरहा २ मा नेपाली कांग्रेसकी चित्रलेखा यादव र सिरहा ३ बाट माओवादीका विश्वनाथ साह उम्मेदवार बन्ने सम्भावना छ । एमालेबाट सिरहा २ मा उम्मेदवारको टुंगो लागेको छैन। तर, सिरहा ३ मा भने पुनः श्रेष्ठ उठ्ने सम्भावना छ। 

विशेष