News

समानुपातिक सूचिमा पूर्व राष्ट्रपतिका छोरा असन्तुष्ट, नाम हटाउन निवेदन

समानुपातिक सूचिमा पूर्व राष्ट्रपतिका छोरा असन्तुष्ट, नाम हटाउन निवेदन

पूर्व राष्ट्रपति डा.रामवरण यादवका छोरा चन्द्रमोहन यादवले समानुपातिक सूसचबाट आफ्नो नाम हटाउन निवेदन दिएकान छन्। नेपाली कांग्रेसबाट प्रतिनिधिसभा तर्फ समानुपातिकको बन्द सूचीमा नाम समावेश भएका यादवले निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

उनले नाम फिर्ता लिनुको कारण भने ‘बरियता क्रम नमिलाएको’ जनाएका छन्। निर्वाचन आयोगमा निवेदन दिएको जानकारी उनले फेसबुक मार्फत दिएका छन्। 

‘मैले प्रतिनिधिसभाको सदस्यको लागि आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा पार्टीको निर्देशन अनुसार सामानुपातिक तर्फ नामांकन गरेको थिएँ’ उनले लेखेका छन्–‘तर पार्टीले कायम गरेको विधि विपरीत मेरो उम्मेदवारीलाई बन्दसूचीमा वरियताको उपयुक्त क्रम नमिलाई निर्वाचन आयोगमा पेश गरिएकाले म आफ्नो नामांकन फिर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएको छु।’

नेता यादवको नाम धनुषा क्षेत्र नं. ४ बाट मधेशीतर्फ सिफारिस भएको थियो । उनले आफ्नो उम्मेदवारीलाई मधेसी समूहमा क्रम संख्या २ को सट्टा ३ नम्बरमा राखिएको भन्दै उनले असन्तुष्टी जनाएका छन् ।

नेता यादव डा. शेखर कोइराला पक्षका मानिन्छन्।

विशेष