News राजनीति

अजय चौरसियालाई पर्सा ३ बाट चुनाव लडाउने देउवाको तयारी

अजय चौरसियालाई पर्सा ३ बाट चुनाव लडाउने देउवाको तयारी

नेपाली काङ्ग्रेसले पर्साको क्षेत्र–३ बाट अजय चौरसियालाई प्रतिनिधि सभाको उम्मेदवार बनाउने भएको छ। चौरसियाले क्षेत्र नं. २ मा आफ्नो दाबी प्रस्तुत गरे पनि गठबन्धनको भागवण्डामा क्षेत्र नं. २ कांग्रेसको भागमा नपर्ने अवस्थामा भने उनलाई क्षेत्र नं. ३ बाट चुनाव लडाउने तयारी गरेको बालुवाटार स्रोतले जनाएको छ।

काङ्ग्रेसभित्र चौरसियालाई सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वास पात्र नेताका रुपमा चिनिन्छ। उनले लामो समयदेखि देउवालाई सहयोग गर्दै आएका छन्। श्रोतका अनुसार पुर्वमन्त्री समेत रहेका चौरसियालाई देउवाले जसरी पनि सांसद बनाउन खोजेका छन्।

देउवाकै योजनामा चौुरसियालाई पर्सा २ क्षेत्र मध्ये एउटामा टिकट दिने निश्चित भएको जनाईएको छ। 

कांग्रेसले सोमबारदेखि प्रतिनिधि सभा र प्रदेश सभातर्फ प्रत्यक्षमा चुनाव लड्ने उम्मेदवारको नाम टुङ्गो लगाउन थालेको छ। कांग्रेसबाट प्रत्यक्षमा टिकट पाउनेमा सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पहिलो नम्वरमा छन्।

सभापति देउवा डडेलधुराबाट उम्मेदवार बन्ने छन् । देउवाको जित लगभग सुनिश्चित नै छ । देउवा २०४८ सालदेखि डडेल्धुराबाट लगातार प्रतिनिधि सभामा निर्वाचित हुँदै आएका छन् । यसैगरी वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री बालज्ञकृष्ण खाणलगायतका नेता पनि टिकट पाउनेमा अगाडि छन।

यसैगरी महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, नेता रामहरि खतिवडा, उपसभापति धनराज गुरुङ, सहमहामन्त्री भीष्मराज आङदम्बे र बद्री पाण्डे, नेता कृष्णप्रसाद सिटौला, नेता शेखर कोइरालालगायतको पनि टिकट सुरक्षित रहेको कांग्रेस श्रोतले जनाएको छ।

सुनसरीमा ज्ञानेन्द्रबहादुर कार्की,  उदयपुरमा नारायण खड्का, ओखलढुंगामा रामहरि खतिवडा, सप्तरीमा तेजुलाल चौधरी, सिन्धुपाल्चोकमा मोहनबहादुर बस्नेत, सिरहा १ वा २ बाट चित्रलेखा यादव, महोत्तरीमा किरण यादव, नवलपरासी पूर्वको क्षेत्र नम्बर १ बाट डा. शशांक कोइराला, मनाङबाट टेकबहादुर गुरुङ उम्मेदवार बन्नेछन्।

अजय चौरसिया

विशेष