News

स्वर्णिम वाग्ले चुनाव लड्न खोजेपछि कांग्रेसमा खसखस

स्वर्णिम वाग्ले चुनाव लड्न खोजेपछि कांग्रेसमा खसखस

अर्थशास्त्री डा. स्वर्णिम वाग्ले आगामी प्रतिनिधिसभाको निर्वाचनमा काठमाण्डौं ४ बाट चुनाव लड्ने भएका छन् । काठमाण्डौं ४ कांग्रेसका महामन्त्री गगन थापा निर्वाचित हुँदै आएको क्षेत्र हो।

०७४ सालको निर्वाचनमा थापाले काठमाडौं ४ मा नेकपा एमालेका युवा नेता राजन भट्टराईलाई हराएका थिए। थापाले २१ हजार ५ सय ५१ मत पाउँदा भट्टराईले १८ हजार १ सय ४० मत पाएका थिए।

महामन्त्री थापाले सर्लाही ४ बाट उम्मेदवार बन्ने योजना बनाएपछि वाग्ले उनको क्षेत्रमा उम्मेदवार बन्न लागेको कांग्रेस स्रोतले जनाएको छ। गगनको क्षेत्र नभए काठमाडौं क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने वाग्लेको तयारी छ।

०७४ को निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं ५ बाट एमाले नेता ईश्वर पोखरेल निर्वाचित भएका थिए । पोखरेलले कांग्रेस नेता डा. प्रकाशशरण महतलाई पराजित गरेका थिए। पोखरेलले २३,०२९ मत प्राप्त गरेका थिए भने महतले १३,१६९ मत पाएका थिए।

यता, महामन्त्री थापा सर्लाही जाने भएपछि काङ्ग्रेस कार्यकर्ता भने दुखित छन । अर्कोतर्फ नेतादेखि कार्यकर्तासम्म वाग्लेसँग असन्तुष्ट देखिएका छन्। वाग्लेले आफुलाई विज्ञको रुपमा प्रश्तुत गर्ने र कांग्रेसका नेता/कार्यकर्तालाई असभ्य ब्यवहार गर्ने गरेको गुनासो ब्याप्त छ।

यतीमात्र होईन, वाग्लेले पार्टीको नेतृत्वमा रहेका नेताहरुलाई समेत हेपेर कुरा गर्ने, आफुनै जान्ने र अरु चाही केही नवुझेका झै ब्यपहार गर्ने, नेताहरुलाई ओझेलमा पार्ने खालका गतिविधि गर्ने गरेका कारण कांग्रेसको नेतृत्व पंक्तिनै उनीसँग रुष्ट छ।

वाग्लेसँग राजनीतिक अनुभव नभएका कारण कांग्रेसले जित्दै आएको क्षेत्र पनि उनकै कारण गुमाउनु पर्ने होकी? भन्ने चिन्ता समेत कार्यकर्तामा देखिएको श्रोतको दावी छ। 

वाग्ले निर्वाचन लड्ने तयारीकै लागि यूएनडीपी एसिया प्यासिफिकको प्रमुख आर्थिक सल्लाहकारबाट राजीनामा दिएर आएका हुन।

विशेष