News

घाँटीमा हड्डी अड्किएर एक जनाको मृत्यु

घाँटीमा हड्डी अड्किएर एक जनाको मृत्यु

चितवनको कालिका नगरपालिका ८ गैरीवारीमा घाँटीमा हड्डी अड्किएर एक जनाको मृत्यु भएको छ ।

मासु खाने क्रममा हड्डि अड्किएर ५० वर्षीय धनबहादुर दानी क्षेत्रीको  मृत्यु भएको हो। 

सोमबार साँझ करिब साढे ७ बजे खाना खाने क्रममा मासुको हड्डी अड्किए पछि क्षेत्रीलाई स्थानीय मेडिकलमा लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि पुरानो मेडिकल कलेज ल्याएपछि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

विशेष