News विदेश

उत्तर कोरियाले जापानमाथि किन गर्यो मिसाईल आक्रमण ?

उत्तर कोरियाले जापानमाथि किन गर्यो मिसाईल आक्रमण ?

उत्तर कोरियाले जापानमा मिसाईल प्रहार गरेको छ । मिसाइल प्रहार भएको क्षेत्रका केही रेल सेवा तत्कालका लागि स्थगित गरिएको छ ।

जापान, अमेरिका र दक्षिण कोरियाले गत साता त्रिपक्षीय सैन्य अभ्यास गरेका थिए । यसको जवाफमा उत्तर कोरियाले मिसाइल प्रहार गरेको आशंका गरिएको छ । पछिल्लो एक हप्तामा उत्तर कोरियाले पाँच वटा मिसाइल प्रक्षेपण गरेको छ ।

मिसाइल प्रशान्त महसागरको होक्काइडो टापुकामा खसेपनि त्यसको असर जापानी भूमिमा देखिने सम्भावाना रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । आणविक हतियार भएको उत्तर कोरियाले जापानमाथि मध्यम दूरीको मिसाइल प्रहार गरेको हो ।

यस अगाडि सन् २०१७ मा पनि उत्तर कोरियाले जापानमाथि मिसाइल प्रहार गरेको थियो । उत्तर कोरियाले जापानको होक्काइडो क्षेत्रमा मिसाइल प्रहार गरेको हो । जापान सरकारले यस क्षेत्रका मानिसलाई सुरक्षित स्थानमा जान निर्देशन दिएको छ ।

जापानका प्रधानमन्त्री फुमियो किशिदाले उत्तर कोरियाले हिसं्रक व्यवहार गरेको प्रतिक्रिया दिएका छन् । उत्तर कोरियाको मिसाइल आएपछि जापानले सुरक्षा परिषद्को बैठकसमेत बोलाएको छ । 

संयुक्त राष्ट्रसङ्घले उत्तर कोरियालाई बलिस्टिक र परमाणुअस्त्र परीक्षण गर्न प्रतिबन्ध लगाएको छ। जापान सरकारले मङ्गलवार जापानको समय अनुसार ७ बजेर २९ मिनेटमा जारी चेतावनी जारी गरेको छ। 

कुनै पनि पूर्व चेतावनी वा परामर्श विना अन्य देशतर्फ वा माथि क्षेप्यास्त्र उडाउनु अन्तर्राष्ट्रिय मापदण्डको पूर्ण उल्लङ्घन हो।

विशेष