News

ओलीले किन उपेन्द्र र महन्थलाई ‘बालै’ दिएनन ?

ओलीले किन उपेन्द्र र महन्थलाई ‘बालै’ दिएनन ?

सिट बाँडफाँटमा कुरा नमिलेपछि सत्ता गठबन्धनको एक घटक जनता समाजवादी पार्टी (जसपा) असन्तुष्ट भएको छ। पाएको सिट सन्तोषजनक नभएको भन्दै जसपाले अरु दलसँग पनि तालमेलको विकल्प खुला राखेको छ।

अर्कोतर्फ नेकपा एमालेले गठबन्धनको भागबण्डा नमिलेसम्म अन्य दलसँग तालमेल नगर्ने र गठबन्धनमा असन्तुष्ट दल समेतलाई सहभागि गराएर तालमेल गर्ने योजना बनाएको छ। यही योजना अनुसार एमालले आफना उम्मेदवारको नाम समेत टुङ्गो लगाएको छैन। उम्मेदवार छनौटको काम दसैं पछाडिसम्मलाई थाँती राखिएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको संकेत पाएका कतिपय नेता दशैंको समयमा पनि दलहरुसँग तालमेलका लागि आवश्यक तयारी गरिरहेका छन्। तर, तालमेलका लागि छलफल गर्ने प्रयासमा रहेका जसपाका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई ओलीले बाल दिएका छैनन्।

उपेन्द्र र महन्थले दसैं अगाडि नै ओलीलाई भेट्ने प्रयास गरेपनि उनीहरु सफल हुन सकेनन्। ओलीले उनीहरुलाई ‘बाल नदिएको’ श्रोतको दावी छ। ‘अहिले समय छैन। बुबाको हातको टिका लगाएर आउँछु, अनि कुरा गरौला’ ओलीले उपेन्द्र र महन्थलाई दिएको जवाफ उधृत गर्दै एक नेताले भने–‘ओलीले चुनाव भन्दा बुबाको हातको टिकालाई प्राथमिक्ता दिएकाले उनीहरुसँगको छलफल केही दिन पछि सरेको छ।’

दसैं लगत्तै जसपा, लोसपा लगायत अन्य दलसँग पनि तालमेलका लागि आवश्य तयारी सुरु हुने ओली निकट श्रोतले जनाएको छ।

विशेष