News

कुलमान चुनाव नलडी नछोड्ने

कुलमान चुनाव नलडी नछोड्ने

चुनाव लड्ने योजना बनाएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ राजनीतिक दलको तानातानमा परेका छन्। तर उनी स्वयम भने चुनावपछि जुन दलको सरकार बन्ने भएपनि मन्त्री बन्ने योजना अनुसार स्वतन्त्र उम्मेदवारी दिने तयारीमा छन्।

घिसिङलाई सवैभन्दा पहिला माओवादी केन्द्रले चुनाव लडाउने तयारी गरेको थियो। माओवादीले काठमाण्डौं २ बाट उम्मेदवार बनाउने बताएपछि उनले स्वतन्त्र रुपमा काठमाण्डौं ३ बाट चुनाव लड्ने जानकारी गराए।

उनको यो प्रस्तावमा सत्ता गठबन्धनका शिर्ष नेताले पनि सहमति वनाए। घिसिङले स्वतन्त्र उम्मेदवारी दिने र गठबन्धन समर्थन गर्ने योजना बन्यो। तर घिसिङ भने कुनै पनि राजनीतिक दलको ट्याग विना चुनाव लड्ने र जस्ले सरकार बनाए पनि मन्त्री बन्ने योजनामा रहेको श्रोतका दावी छ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले प्राधिकरणमा पुनःनियुक्ति नदिएपछि सामाजिक अभियन्ताहरुलाई प्रायोजन गरेर आफ्नो पक्षमा अभियान चालाएको आरोप लागेका घिसिङ कुनै पनि सर्तमा चुनाव लड्ने तयारीमा छन्।

लोडसेडिङ हटाएर कमाएको सामाजिक प्रतियठालाई प्रयोग गरी चुनाव जित्ने, प्राधिकरणमा पुननियुक्तिका लागि गरेका प्रयासका कारण विग्रिएको छवी सुधार गर्ने र जुन सरकार आए पनि मन्त्री बनी हाल्न उनले स्वतन्त्र उम्मेदवारी दिन चाहेको जनाईइको छ।

तर, घिसिङको चुनावी चर्चा एमालेलाई पचेको छैन। ओलीको नजरमा घिसिङकोले छवी राम्रो छैन। त्यसैले एमाले पंक्ति घिसिङलाई जसरी पनि हराउने योजनामा छ। त्यसैले उनले नेपाली कांग्रेसबाट चुनाव लड्ने की ? भन्ने विषयमा समेत निकट ब्यक्तिहरुसँग छलफल गरिरहेको जनाईएको छ।

घिसिङ काठमाडौं क्षेत्र नम्बर ३ का बासिन्दा हुन। बौद्धका उनको घर छ भने यस क्षेत्रमा घिसिङको गृहजिल्ला रामेछाप र काभ्रेबाट आएका मानिसको बाक्लो बसोबास छ।

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको हैसियतमा लोडसेडिङ अन्त्य गर्न खेलेको निर्णायक भूमिकाका कारण कुलमान घिसिङको छवि लोकप्रिय छ। यही छविलाई क्यास गरेर उनले चुनाव जित्ने योजना बनाएका छन्।

यो पनि,

कुलमान घिसिङ

विशेष