News

सधैं हिन्दु विरोधी कुरा गर्ने बाबुरामले कसरी ग्रहण गरे दशैंको टिका ?

सधैं हिन्दु विरोधी कुरा गर्ने बाबुरामले कसरी ग्रहण गरे दशैंको टिका ?

मौका पाएको कुनै पनि मञ्चमा हिन्दु धर्म विरुद्ध अभिब्यक्ति दिन नचुक्ने पूर्व प्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले हिन्दुहरुले मनाउने वडा दशैंको टिका भने लगाएका छन्।

भट्टराईले बुधबार टीकाको शुभ साइतमै ९३ वर्षीय पिता भोजप्रसाद भट्टराईबाट टीका ग्रहण गरेका हुन् । उनीसहित उनको परिवारका सबै सदस्यले बुवाको हातबाट टीका ग्रहण गरेका छन् । 

भट्टराईले विज्ञानको आडमा पटक–पटक हिन्दु धर्मको अपमान गर्दै आएका छन्। नेपाली समाजले विज्ञानको महत्व बुझ्न नसकेको बताउँने भट्टराई हिन्दु धर्मका संस्कार विरुद्ध तिव्र आलोचना गर्छन। तर, अन्य धर्मका परम्परा र रिवाजका विषयमा भने उनले विरोध गरेको सुनिएको छैन।

असोज ९ गते नीति अनुसन्धान प्रतिष्ठानको चौथो स्थापना दिवसलाई सम्बोधन गर्ने क्रममा पनि उनले विज्ञानको विकास अध्ययनमा अघि बढ्नुपर्ने समाज रुढीवादी संस्कारमा अल्झिएको भन्दै आलोचना गरेका थिए।

नागपञ्चमीका नाममा सर्प पूजा गरेको भन्दै उनले आक्रोश ब्यक्त गरेका थिए। यसअघि ०७८ साउनमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नदीमा दुध चढाउँदै गरेको विषयमा समेत भट्टराईले आलोचना गरेका थिए।

योगी आदित्यनाथले खोलामा दुध चढाउँदै गरेको फोटो सामाजिक संजालमा राखेपछि भट्टराईले ट्वीटरमा ‘मेरा भारतीय सहपाठीले प्रसारण गरेको’ भन्दै ट्वीटरमै आलोचना गरेका थिए। 

यो पनि,

बाबुराम भट्टराई

विशेष