News

बलात्कार आरोपी लामिछाने आज १० बजे काठमाण्डौं उत्रने

बलात्कार आरोपी लामिछाने आज १० बजे काठमाण्डौं उत्रने

बलात्कार आरोपी सन्दीप लामिछाने आज स्वदेश फर्किंदै छन् । नेपाली राष्ट्रिय टोलीका निलम्बित कप्तान लामिछाने कतार एयरवेजको उडानबाट आज बिहान १० बजे काठमाण्डौं आउने छन्।

सामाजिक सन्जाल फेसबुक मार्फत् उनले स्वदेश फर्किन लागेको जानकारी दिएका हुन् । त्यसबारे नेपाल प्रहरीलाई पनि जानकारी दिइसकेको उनले लेखेका छन् । उनी विदेशमै रहेको बेला गत भदौ २१ गते एक बालिकाले बलात्कारको जाहेरी दिएकी थिइन् ।

लामिछाने विरुद्ध नेपाल प्रहरीको आग्रहअनुसार अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो । आफूविरुद्ध उजुरी पर्दा उनी क्यारेबियनल लिग खेल्न नेपालबाहिर थिए । 

सन्दीप लामिछाने

विशेष