News

सन्दीप लामिछाने पक्राउ, किन लुकाए हतकडी र अनुहार ?

सन्दीप लामिछाने पक्राउ, किन लुकाए हतकडी र अनुहार ?

बालिका बलात्कारको आरोप लागेका नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने पक्राउ परेका छन्। कतार एयरवेजको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए लगत्तै उनलाई प्रहरीले पक्राउ गरेको हो।

उनले आफू आज स्वदेश फर्किन लागेको भन्दै फेसबुक मार्फत पूर्व जानकारी दिएका थिए। आफु १० वजे काठमाण्डौं अवतरण गर्ने भन्दै उनले प्रहरीलाई पनि खवर गरेको जनाएका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १० बजे नै ओर्लिने भने पनि खराब मौसमका कारण विमान अवतरण गर्न नसक्दा केहीबेर ढिलाइ भएको थियो ।

दोहाबाट काठमाडौं आएको उनी सवार कतार एयरवेजको जहाजले केहीबेर आकाशमा फन्को मारेको थियो । विमानस्टलको ट्रमिनलमा प्रहरीको गाडी तैनाथ अवस्थामा राखिएको थियो भने उनलाई कसरी लैजाने भनेर प्रहरीहरु तयारी अवस्थामा थिए।

आफ्नो वकिलको उपस्थितिमा आत्मसमर्पण गर्न क्रिकेटर सन्दीप लामिछानेले गरेको मागलाई प्रहरीले अस्वीकार गर्यो। त्यसैले प्रहरीले उनलाई नियन्त्रणमा लिएर मेडिकल जाँचका लागि केएमसी अस्पताल लगेको थियो । त्यहाँबाट सिधै गौशाला प्रहरी वृतमा लगेको छ। प्रहरी नियन्त्रणमा पुगेपछि सन्दीपको अनुहार मास्कले छोपिएको थियो भने हतकडी पनि रुमालले लुकाईयो। 

उनका अधिवक्ता सरोजकृष्ण घिमिरेका अनुसार सन्दीपले निरन्तर आफू निर्दोष रहेको र प्रहरीको अनुसन्धानमा सहयोग गर्ने बताउँदै आएका छन् । तर जाहेरी पर्दा  प्रहरीले गोपनीयता कायम नगरेको र सञ्चार माध्यममा ‘एकपक्षीय’ कुरा आएकाले सन्दीपले सिंगो राज्य आफ्नोविरुद्ध लागेको महसुस गरेको उनले सुनाए ।  त्यहीकारण उनी मानसिक तनावमा समेत परेको घिमिरेको भनाई छ।

उनी विदेशमै रहेका बेला गत भदौ २१ गते एक बालिकाले बलात्कारको जाहेरी दिएकी थिइन् । आफूविरुद्ध उजुरी पर्दा उनी क्यारेबियन लिग खेल्न नेपाल बाहिर थिए । उनी विरुद्ध नेपाल प्रहरीको आग्रहअनुसार अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो ।

यो पनि,

सन्दीप लामिछाने

विशेष