News विदेश

मेक्सिकोको टाउन हल क्षेत्रमा अन्धाधुन्ध गोली चल्दा मेयरसहित १८ जनाको मृत्यु

मेक्सिकोको टाउन हल क्षेत्रमा अन्धाधुन्ध गोली चल्दा मेयरसहित १८ जनाको मृत्यु

मेक्सिकोको दक्षिण पश्चिम क्षेत्रमा अज्ञात बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा तोतोपेन शहरका मेयर कोनरेडो मिगुएल अलमेडासहित १८ जनाको मृत्यु भएको छ ।

बुधबार अपराह्न भएकउो गोलीवारीमा केही प्रहरी र मेयर अलमेडाका बुवा ख्वान मेडोजा अकोस्टाको पनि मृत्यु भएको छ । अकोस्टा पूर्वमेयर हुन् ।

स्थानीय प्रहरीका अनुसार बन्दुकधारीले बुधबार अपराह्न २ बजेतिर टाउन हल क्षेत्रमा प्रवेश गरी मेयर अलमेडाका बुवाको घरमै गएर गोली चलाएका थिए । त्यसअघि उनीहरुले सुरक्षाकर्मीलाई शहरमा प्रवेश गर्न नदिने उद्देश्यले शहरलाई जोड्ने सडकहरुमा ठूला गाडी तेर्स्याएर अबरोध गरेको जनाईएको छ।

आक्रमणमा कसको संलग्नता छ भन्ने खुलिसकेको छैन । घटनाको अनुसन्धान जारी रहेको स्थानीय सुरक्षा अधिकारीहरुले बताएका छन् । 

विशेष