News

अमलेखगन्जमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु, २० बढी गम्भीर घाइते

अमलेखगन्जमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु, २० बढी गम्भीर घाइते

बाराको अमलेखगन्जमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने २० बढी गम्भीर घाइते छन् । मकवानपुर र बाराको सिमाना (जितपुरसिमरा उपमहानगरपालिका–२२) स्थित ३ नम्बर पुल नजिक दुर्घटना भएको हो ।

मकवानपुरका ट्राफिक प्रहरीका अनुसार नारायणगढबाट पथलैया जाँदै गरेको ०६–००१ ख ०१० नम्बरको बस दुर्घटनामा परेको हो । बसमा ५१ जना यात्रु रहेको प्रहरीले बताएको छ । दुर्घटनामा १४ जनाको मृत्यु भएको पुष्टि गरेको छ । मृत्यु हुनेमा ८ पुरुष र ६ महिला छन् । उनीहरुको सनाखत हुन बाँकी छ ।

मकवानपुरका एसपी बामदेव गौतमका अनुसार घाइतेहरुलाई उपचारका लागि हेटौंडा लगिएको छ । उनका अनुसार दुर्घटनाको प्रकृति हेर्दा मृतकको संख्या बढ्ने देखिन्छ । प्रारम्भिक निरिक्षणमा गाडी तिब्र गतिमा रहेको र बाटो ओरालो हुँदा दुर्घटनामा परेको देखिएको छ।

प्रहरीका  अनुसार दुर्घटनामा २४ जना घाइते भएका छन् । घाइतेहरुको चुरेहिल, हेटौंडा, सहकारी अस्पताल र सन्चो अस्पतालमा उपचार भइरहेको छ । 

विशेष