News राजनीति

पुत्र मोहले यसरी स्खलित हुँदैछ पूर्व राष्ट्रपतिको प्रतिष्ठा, फोन गर्दै गुनासो पोख्दै

पुत्र मोहले यसरी स्खलित हुँदैछ पूर्व राष्ट्रपतिको प्रतिष्ठा, फोन गर्दै गुनासो पोख्दै

आफनो विरासतमा छोरालाई राजनीतिमा अगाडि बढाउने योजना पुरा नहुने अवस्था देखेपछि पूवराष्ट्रपति रामवरण यादव अहिले तनावमा छन्। आफ्नो योजनामा कांग्रेस सभापति शेरबहादुर देउवा सकारात्मक नभईदिएपछि उनी तनावमा परेका हुन्।

पूर्वराष्ट्रपति यादवले छोरा डा. चन्द्रमोहन यादवलाई आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनमा समानुपातिकतर्फबाट सांसद बनाउन चाहेका थिए। डा. शेखर कोइराला पक्षका मानिने नेता यादवको नाम धनुषा क्षेत्र नं. ४ बाट मधेशीतर्फ सिफारिस पनि भयो ।

तर, सूचि बनाउने क्रममा उनको नाम ३ नम्बरमा पर्यो। ३ नम्वरमा हुँदा संसद हुने सम्भावना कम देखेका चन्द्रमोहनले समानुपातिक सूचिबाटै आफनो नाम हटाउन निवेदन दिए। आफ्नो उम्मेदवारीलाई मधेसी समूहमा क्रम संख्या २ को सट्टा ३ नम्बरमा राखिएको भन्दै उनले असन्तुष्टी जनाएका थिए।

उनी अहिले प्रत्यक्षतर्फ उम्मेदवार बन्ने तयारीमा छन्। जसका लागि उनले बुबा मार्फत बिभिन्न नेताहरुसङ लबिङ सुरु गरेको बताईन्छ। बुबाको बिरासतमा राजनीति अगाडि बढाउन चाहेका उनको जनसम्पर्क भने कमजोर छ।

किन पछि परे चन्द्रमोहन ?
चन्द्रमोहन पेशाले चिकित्सक हुन। त्यसैले उनी राजनीति भन्दा पेशामा वढि सक्रिय छन्। उनले भारतको कलकत्ताबाट एमबीबीएस र चण्डीगढबाट रेडियोलोजीमा एमडी गरेका थिए । यद्यपी उनले राजनीति अगाडि बढाउन नचाहेका भने होईनन। 

०६४ सालको संविधानसभा निर्वाचनमा धनुषा निर्वाचन क्षेत्र नम्बर ५ बाट नेपाली कांग्रेसको टिकटमा तत्कालीन केन्द्रीय महामन्त्री तथा पूर्वराष्ट्रपति डा. रामवरण यादवले चुनाव जितेका थिए । त्यसपछि यादव राष्ट्रपतिमा निर्वाचित भए ।

रामवरणले जितेको सिटमा ०६५ सालमा उपनिर्वाचन भयो। राष्ट्रपति यादवले आफ्ना छोरा चन्द्रमोहनलाई उम्मेदवार बनाए तर उनी जित्न सकेनन् । तत्कालीन नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठले उनलाई पराजित गरे ।

निर्वाचनमा उम्मेदवार हुनुअघि चन्द्रमोहन काठमाडौंको वीर अस्पतालमा प्राध्यापक थिए । उनी पश्चिमाञ्चल विश्वविद्यालयमा लोक सेवा आयोगको परीक्षा पास गरेर चिकित्सा पेशामा आवद्ध थिए । 

त्यसपछि उनी राजनीतिमा केही सक्रिय भए। ०७० सालको संविधान सभाको दोस्रो निर्वाचनमा उनी धनुषा ५ बाटै उम्मेदवार भएर संविधान सभामा पुगे । बुवा राष्ट्रपति भएका कारण उनी बुवासँगै शितल निवासमा बस्ने गरेका थिए । 

संविधान सभाको कार्यकाल सकिएपछि कांग्रेसले उनलाई दोहो¥याएर टिकट दिएन। उनले प्रदेश सभामा भने टिकट पाए। प्रदेश सभामा मुख्यमन्त्रीको रुपमा प्रस्तुत गरिए पनि उनी चुनाव हारे । संघीय समाजवादी फोरम नेपालका उम्मेदवार ज्ञानेन्द्रकुमार यादवले चुनाव जिते । त्यसयता पार्टीमा खासै भूमिका र जिम्मेवारी समेत नभएका कारण यादवले पुरानो चिकित्सा पेशालाई निरन्तरता दिईरहेका छन्।

जनकपुरको अस्पताल रोडस्थित आफ्नो क्लिनिकमा उनी बिहानदेखि साँझसम्म बस्दै आएका छन् । रेडियोलोजी विशेषज्ञका रुपमा उनले सिटी स्क्यान, अल्ट्रासाउण्ड, एमआरआईको परीक्षण गर्छन् । जसका कारण उनी पार्टीमा स्थापिन हुन सकेका छैनन्।

देउवाले वास्ता नगरेको रामवरणको गुनासो
यता, छोरो सांसद बन्ने सम्भावना कम हुदै गएपछि रामवरणले नेताहरुलाई तिव्र दबाब दिन थालेका छन्। उनले डा. शेखर कोईराला र सभापति देउवा निकट नेताहरुलाई छोराका लागि फोन गरेर दबाब दिन थालेको कांग्रेस श्रोतले जनाएको छ।

उनले नेताहरुलाई फोन गरेर सभापति देउवाले वास्ता नगरेको गुनासो गर्न थालेको श्रोतको दावी छ। खासमा रामवरणले छोरालाई सांसद बनाउने तयारीकै लागि केही समय अगाडि देखिनै गठबन्धन दलका नेताहरुलाई खुसी पार्न खोजेका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिक्ता विधेयक प्रमाणिकरण नगरेपछि यादवले त्यसको विरोध गरेका थिए। यादवले भण्डारीको कदम विरुद्ध अन्तरवार्ता नै छपाए।

उनको यो कदमको पूर्पप्रधानमन्त्रीसमेत रहेका नेता बाबुराम भट्टराईले आलोचना समेत गरे। भट्टराईले राष्ट्रपतिले चाल्ने असंवैधानिक कदमको सुरुवात तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवाल प्रकरणबाट यादवले नै सुरु गरेको बताएका थिए।

तर, विवादमा पर्ने जान्दाजान्दै गठबन्धनको पक्षमा अभिब्यक्ति दिँदा पनि उदेश्य पुरा नहुने अवस्था आएपछि उनले प्रधानमन्त्रीका बारेमा असन्तुष्टि ब्यक्त गर्न थालेको बताईन्छ। उनको यो कदमले आफ्नै प्रतिष्ठा स्खलित गरिहेको नेताहरुको वुझाई छ।

यो पनि,

राष्ट्रपतिको आलोचना गर्दा पूर्वराष्ट्रपति विवादमा, बाबुरामले सम्झाए कटुवाल प्रकरण

डा रामवरण यादव चन्द्रमोहन यादव

विशेष