News

शान्ता चौधरीलाई हराउन स्वतन्त्र उम्मेदवार बन्दै गंगा चौधरी सत्गौवा

शान्ता चौधरीलाई हराउन स्वतन्त्र उम्मेदवार बन्दै गंगा चौधरी सत्गौवा

कतिपय अभिब्यक्ति र संसदभित्र गरेका कृयाकलापका कारण चर्चामा आईरहने नेकपा (एमाले)की केन्द्रीय सदस्य तथा पूर्वसांसद गंगा चौधरी सत्गौवाले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छिन। उनले दाङ निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेकी हुन् ।

दाङ १ मा एमालेले शान्ता चौधरीलाई उम्मेदवार बनाउने निश्चित भएपछि गंगाले असन्तुष्टि जनाएर स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेकी हुन् । उनले उम्मेदवारी दर्ता गरेर पार्टीबाट राजीनामा दिने बताइन् । 

दाङ– १ बाट आफ्नो नाम पनि सिफारिस भएको तर पार्टीले अर्को निर्वाचन क्षेत्रकी शान्तालाई ल्याएकाले स्वतन्त्र उम्मेदवार बन्न लागेको गंगाले बताइन् । शान्ता चौधरीको स्थायी बसोबास दाङ क्षेत्र नम्बर २ मा पर्छ ।

दाङ– २ बाट एमालेका महासचिव शंकर पोखरेल प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने भएपछि शान्तालाई दाङ– १ मा सारिएको हो। त्यहाँबाट गंगासँगै शान्ता चौधरीलगायतको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएको थियो ।

०४९ सालमा एमालेको क्रियाशील सदस्यता लिएकी चौधरी ०६४ सालमा थरुहट तराई पार्टीमा लागेकी थिइन् । ०७० मा संविधानसभा सदस्य बनेकी उनी २०७४ सालको निर्वाचनअघि एमालेमै फर्किएकी थिइन् । 

०७४ सालमा प्रतिनिधिसभामा समानुपातिक सांसद बनेकी उनी चितवनमा भएको १०औं महाधिवेशनबाट एमालेको केन्द्रीय सदस्य भएकी थिइन् । 

०७८ भदौमा पार्टीले कारबाही गरेका सांसदलाई सभामुखले पदमुक्त नगरेर भेदभावपूर्ण व्यवहार गरेको भन्दै एमालेले संसदमा विरोध गर्दा गंगा चौधरी भाईरल भएकी थिईन। विरोधका क्रममा एमालेका सांसद रोस्ट्रमतर्फ दौडिएपछि मर्यादापालकसँग घम्साघम्सी भयो।

रोस्ट्रमतर्फ जाने दुवै सिँढीमा मर्यादापालकले छेकेपछि उनीहरु बीचबाट पनि चढ्न खोजे । त्यस क्रममा हातले उचालेर, काँधमा टेकाएर आफ्ना सांसदलाई रोस्ट्रमतर्फ अघि बढाउन खोजियो। नारदमुनि राना, पदम गिरी र नरबहादुर धामीले नसकेपछि सांसद गंगा चौधरी सत्गौवा, आशाकुमारी विकलाई उचालेर रोष्ट्रममा पठाउन खोजियो । अर्की सांसद रेखाकुमारी झाले गृहमन्त्रीको टेबलमा राखिएको माइक झिकेर रोस्ट्रमतिर हान्ने प्रयास गरिन तर, मर्यादापालकले उनको हातको माइक खोसे ।

यो घट्ना पछि सांसद झा र गंगा चौधरीको चर्चा चुलिएको थियो। सांसद चौधरीले पार्टीको उदेश्य अनुसार नभई भाईरल हुनका लागि नै त्यस्तो हर्कत गरेको भन्दै आलोचना भएको थियो।
यो पनि,
सांसद गंगा चौधरी सत्गौवा भाईरल हुन खोज्दा संसदमा हंगामा

विशेष