News

राष्ट्रपतिबाट सम्मानित चर्चित गायिकाले जोगाउन सकिनन् सम्मानको शाख

राष्ट्रपतिबाट सम्मानित चर्चित गायिकाले जोगाउन सकिनन् सम्मानको शाख

गत वैशाखमा राष्ट्रपति विद्यादेवि भण्डारीबाट सम्मानित भएकी गायिका लक्ष्मी आचार्य सांस्कृतिक विचलनको आलोचनामा मुछिएकी छन् । राष्ट्रपति भण्डारीबाट गायिका आचार्यलाई ‘बिशेष योगदान सम्मान ’ गरिएको थियो । 

नेपालीहरूको महान पर्व बडादसैँको टीका र जमरा मान्यजनको हातबाट लगाइन्छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म नवदुर्गाको प्रसादका रुपमा टीका र समृद्धिको प्रतीक जमरा लगाएर आशीर्वाद लिने दिने चलन रहेको छ ।

विजयादशमीमा टीका लगाउन नभ्याएका र टाढा रहेका आफन्त तथा मान्यजन कहाँ आज पनि टीका लगाउन जाने र आशीर्वाद लिने गरिन्छ । टिका ग्रहण गर्दैगर्दा मान्यजनहरूले जमरा पनि लगाई दिन्छन् । सामान्यतया टिका निधारमा लगाइन्छ भने जमरा शिरमा, कानमाथि लगाइन्छ । तर, यसपालिको दसैँमा एक चर्चित गायिकालाई भने संवेदनशिल अंगविच जमरा टाँसेको तस्बिर सार्वजनिक गरेकी छन् ।

ती गायिकाको उक्त हर्कतलाई धेरैले ‘संस्कृतिमाथि विकृति’ भनेर आलोचना गरेका छन् । ठुलाबडाले लगाइदिने जमरा उनको संवेदनशिल अंगमा कसले लगाइदियो? धेरैले जिज्ञासा राखेका छन् ।

गायिका तथा मोडल लक्ष्मी आचार्यको दशैँको जमरा लगाएको फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । उनले दशैको अबसरमा जमरा लगाएको फोटो सुट गराएकी थिइन् । आचार्यले फोटो समाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेपछि समाजिक सकारात्मक भन्दा नकरात्मक टिप्पणी बढी भएका छन् । आचार्यले यसपालि आफ्नो दसैंको टिका नभएको कारणले ठुलावडाबाट आशिर्वाद थाप्न नसकेको प्रतिक्रिया दिएकी छन् । ठुलावडाबाट शिरमा जमरा थाप्न नमिल्ने अवस्था भएकै कारण आफूले दसैँको झल्को मेटाउन छातीमा जमरा लगाएको आचार्यको तर्क छ ।

‘प्रसङ्गमा जोड्दा २०७९ सालको दसैँ हाम्रो परिवारका लागि त्यति सहज थिएन । केही कुरामा दुखी हुँदाहुँदै पनि सम्पूर्ण दर्शक तथा श्रोताहरूमाझ खुसी ल्याउनका लागि मात्रै मैले उक्त जमरा लगाएकी हुँ । मैले घरपरिवारका साथ बसेर दसैँको टिका जमरा र ठुलाबडाबाट आशीर्वाद थाप्न नसकेपनि जमरालाई छातिमा सजाएँ । कला, संस्कृतिलाई जगेर्ना गर्दैगर्दा छातिमा जमरा सजाएर राखेँ ।’

आलोचना भएपछि उक्त तस्विरको बारेमा आर्चायले स्पष्टीकरण दिएकी छन । उसो त आचार्य बेलाबखत आलोचना खेपिरहने कलाकारको सूचीमा पर्छिन् ।

२०७४ मा सामाजिक सञ्जालमा तिनै गायिका तथा मोडल लक्ष्मी आचार्यको एक तस्बिर सर्वाधिक भाइरल भएको थियो । शुक्रवार साप्ताहिक पत्रिकाले धेरै पहिले ब्लोअपमा प्रकाशन गरेको उक्त तस्बिरमा गायिका आर्चायलाई न्यूड देख्न सकिन्छ । पछिल्लो समय नेपालमा बलात्कारजस्ता जघन्य अपराधका घटना बढिरहेको भन्दै उत्तेजक तस्बिर प्रकाश गर्नु र तस्बिर खिचाउनु दुबै गलत भएको धारणा सामाजिक सञ्जालमा सर्वसाधारणले राखेका थिए ।

गायिका आचार्यको भाइरल तस्बिर २०७४ असोज २७ गते बिहिबार प्रकाशित शुक्रबार साप्ताहिमा छापिएको हो । शुक्रबार सुन्दरीको रुपमा ब्लोअप पेजमा सहायक तस्बिरको रुपमा यो छापिएको छ । ब्लोअपको मेन तस्बिरको रुपमा अर्कै तस्बिर छापिएको छ ।

मुख्य ब्लोअपमा बक्षस्थलमा ओम लेखिएको ट्याुट भएको तस्बिर छापिएको छ । तस्बिर रमेश दुवालले खिचेका थिए । भाइरल तस्बिरमा आचार्य न्यूड देखिएकी छन् । कुकुर काखमा राखेर मोडलिङ शैलीमा खिचिएको तस्बिरमा गोप्य अंग उक्त कुकुरले छोपिएको छ ।

लक्ष्मी आचार्य

विशेष