उपेन्द्र लक्षित बाबुरामको टिप्पणीः १ थान सिटका लागि दलबदल र कित्ता परिवर्तन गर्नु राजनीतिक व्यापार
![उपेन्द्र लक्षित बाबुरामको टिप्पणीः १ थान सिटका लागि दलबदल र कित्ता परिवर्तन गर्नु राजनीतिक व्यापार](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/06/upendra-baburam.jpg)
आफनो अनुकुल नभएपछि माओवादी छोडेर विभिन्न राजनीतिक दल चाहार्दै पुनः माओवादीमै सहमपती गर्न पुगेका नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ‘दल बदल र कित्ता परिबर्तन’ फगत व्यापारमा झरेको भन्दै टिप्पणी गरेका छन्।
उनको यो टिप्पणी जसपाका अध्यक्ष उपेन्द्र यादव लक्षित छ। विहिबार बालुवाटारमा सत्तारुढ गठबन्धनमा आवद्ध दलहरूबीच सिट बाँडफाँडमा सहमति नजुटेपछि डा. भट्टराईले ट्वीट गरेर यस्तो टिप्पणी गरेका हुन। गठबन्धनमा कुरा मिल्ने छाँट नदेखेपछि अध्यक्ष यादव एमालेसँग सहमति गर्न बालकोट पुगेका थिए।
यही प्रसंगमा अध्यक्ष यादवलाई लक्षित गरेर डा. भट्टराईले चुनाव नजिकिंदै गर्दा नेपाली राजनीति थप पातालतिर धसिंदै गएको टिप्पणी गरे। ‘चुनाव नजिकिंदै गर्दै नेपाली राजनीति पातालतिर धसिंदै जानु अति दुःखद छ’– उनले लेखेका छन्।
‘एक थान चुनावी सिटका लागि घोषित सिद्धान्त, आदर्श सबै त्यागेर र जनताको बलिदानलाई लात हानेर दलबदल र कित्ता परिवर्तन गर्नु राजनीतिलाई फगत व्यापारमा झार्नु नै हो’ उनले भनेका छन् ‘यो अवसरवादको आँध्यारोमा निष्ठाको जुनकिरी बन्ने साहस गरौं ।’