News

एमाले र जसपाबीच सहमतिमा बाधक बनेका यी हुन ३ निर्वाचन क्षेत्र

एमाले र जसपाबीच सहमतिमा बाधक बनेका यी हुन ३ निर्वाचन क्षेत्र

तीन निर्वाचन क्षेत्रमा दुवै दलको दावी परेपछि नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीच सहमति पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम अड्किएको छ। स्रोतका अनुसार एमालेसँग गठबन्धन गर्दा मधेस प्रदेशमा १६ सहित जसपाले २५ सिटको अपेक्षा गरेको छ।

तर एमालेका नेताहरु जसपालाई २२ सिटसम्म दिन तयार देखिएका छन् । जानकारी अनुसार तीन निर्वाचन क्षेत्रमा दुवै दलको दावी छ। बारा २, धनुषा २ र बाँके २ मा दुई दलबीच सहमति जुटेको छैन। 

बारा २ मा एमालेले ज्वाला साहलाई चुनाव लडाउन चाहेको छ । उनी माओवादी छाडेर एमाले प्रबेश गरेकी हुन। सोही निर्वाचन क्षेत्रमा जसपाका अध्यक्ष उपेन्द्र यादवका विश्वासपात्र रामसहाय यादव पनि उम्मेदवार बन्न चाहान्छन्। ०७४ सालको निर्वाचनमा उनी यही क्षेत्रबाट निर्वाचित भएका थिए।

धनुषा २ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेर एमाले प्रवेश गरेका उमाशंकर अरगरिया र जसपा दुवैको दावी छ। यसैगरी बाँके २ मा एमालेले राप्रपाका महामन्त्री धवलशमशेर राणालाई सघाउने बचन दिइसकेको छ भने जसपाका मो. ईस्तियाक राई उम्मेदवार बन्न चाहान्छन्। राई निवर्तमान सांसद र बहालवाला मन्त्री हुन् ।

प्रदेशमा पनि केही क्षेत्रमा सहमति हुन बाँकी छ । एमाले नेता प्रदीप ज्ञवालीले भने आफूहरु सहमति नजिक जनाएका छन् ।  
 

विशेष