News

एमाले–जसपा गठबन्धनले मधेशमा हलचल, गठबन्धन बिरुद्ध एमाले कै नेता बागी !

एमाले–जसपा गठबन्धनले मधेशमा हलचल, गठबन्धन बिरुद्ध एमाले कै नेता बागी !

एमाले–जसपाको गठबन्धन बिरुद्ध मधेशका अधिकांश जिल्लामा एमाले कै नेता कार्यकर्ताहरूले स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन्। 

जनस्तरबाटै जसपा–एमाले गठबन्धनका बिषयमा बिरोध सुरु भएपछि एमालेका मधेश केन्द्रित नेता दबाबमा छन्। एमालेमा रहेका मधेश केन्द्रित नेताहरुले जसपालाई साम्प्रदायिक पार्टीको आरोप लगाएका छन्।

गौर घट्ना र त्यसपछिका घट्नाले जसपाका नेता÷कार्यकर्तामागि पहाडी अनुहारलाई देखिनसहने आरोप लाग्ने गरेको छ। यही विषयमा अहिले एमालेका नेताहरुले नेतृत्वसँग असन्तुष्टि ब्यक्त गरेका छन्। जसपाका कारण एमालेमा रहेका मधेशी नेतालाई समेत हेर्ने दृष्टिकोण फरक पर्ने भन्दै उनीहरुले कुरा राखेको जनाईएको छ।

नेतृत्वले सुनुवाई नगरे अधिकाङ्स ठाउँमा एमाले र जसपाको गठबन्धन बिरुद्ध एमाले कै नेता कार्यकर्ताहरूले स्वतन्त्र उम्मेदवारीको तयारी गरेको एक नेताले बताए। मधेशमा धेरै एमाले नेताहरुले पार्टी छोडेर स्वतन्त्र उमम्मेदवारी दिने तयारी गरिरहेको उनको भनाई छ।

खास गरी जसपाको भागमा परेका क्षेत्रमा एमालेका नेताहरुले बागी उम्मेदवारी दिने तयारी गरेको जनाईएको छ।

विशेष