एमालेका दश भाई मध्ये कुन भाईले टिकट पाए, कुन भाईले पाएनन?
![एमालेका दश भाई मध्ये कुन भाईले टिकट पाए, कुन भाईले पाएनन?](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/10/10-bhai10-bude.jpg)
नेकपा एमाले नेता भीम रावल आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा चुनावमा एमालेबाट उम्मेदवार नहुने पक्का भएको छ। अघिल्लोपटक चुनाव जितेका रावललाई यसपटक एमालेले कुनै पनि क्षेत्रबाट टिकट नदिने निर्णय गरेको हो।
अछाम १ मा एमालेले माओवादी केन्द्र छोडेर एमाले प्रवेश गरेका झपट बोहोरालाई टिकट दिएको छ। बोहोरा एमाले केन्द्रीय सदस्य एवं अछाम इन्चार्ज हुन्। रावल जिल्लाबाट एकल सिफारिस भए पनि दश बुँदे सम्झौता गरेर एमालेमै बसेका रावललाई अध्यक्ष केपी शर्मा ओलीले टिकट नदिएका हुन्।
ओलीका कमदविरुद्ध लड्न अन्तिम समयसम्म माधव नेपाललाई साथ दिएका रावल विभाजनमा नजाने भन्दै दश बुँदे सहमति गरेर एमालेमै बसेका थिए। गत मंसिरमा सम्पन्न एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा ओलीविरुद्ध उम्मेदवारी दिएका थिए।
एमालले रावलसँगै पूर्वउपमहासचिव घनश्याम भुसालसहित १४ जनाको टिकट काटेको छ। अघिल्लो पटक भुसाल निर्वाचित रूपन्देही–३ यसपालि भने एमालेले राप्रपालाई छाड्ने सहमति गरेको छ ।
ओलीले प्रतिनिधिसभा विघटन गर्दा विरोध गरेका सिन्धुली–१ बाट गणेश पहाडी, कञ्चनपुर–३ बाट दीपकप्रकाश भट्ट, झापा–२ बाट पवित्रा निरौला खरेल, दैलेख–२ बाट राजबहादुर बुढासहितका निवर्तमान सांसदहरूको टिकट काटिएको छ ।
पहाडीले लगातार दुई पटक जितेको सिन्धुली–१ मा प्रदीप कटवाललाई उम्मेदवार बनाइएको छ । कञ्चनपुर–३ मा नीरुदेवी पाल, झापा–२ मा देवराज घिमिरे र दैलेख–२ मा लक्ष्मीप्रसाद पोखरेललाई उम्मेदवार बनाइएको छ ।
ओलीलाई साथ दिँदै आएका पनि कतिपयले टिकट पाएका छैनन। दोलखाबाट पूर्वमन्त्री पार्वत गुरुङ, मकवानपुर–१ का कृष्णप्रसाद दाहाल, पाल्पा–१ का दलबहादुर राना, बाँके–३ का नन्दलाल रोकाया, सुर्खेत–२ का नवराज रावत, म्याग्दीका भूपेन्द्र थापा, बझाङका भैरवबहादुर सिंह, बाजुराका लालबहादुर थापाको टिकट काटिएको छ।
दश बुँदे