News

मुकुन्द घिमिरेको संयोगः बाउ वन्ने र संसद बन्ने मंसिरमै !

मुकुन्द घिमिरेको संयोगः बाउ वन्ने र संसद बन्ने मंसिरमै !

‘पहाडमा रेलैरेल । मधेसमा खेतैखेत । ट्याक्टरले खेत जोत्ने । हेलिकप्टरले बीउ छर्ने । १० करोडसम्म जनतालाई सुखले पाल्ने । र, ३६५ दिन नै दसैं घोषणा गर्ने न्यूनतम कार्यक्रम छ’ भन्दै रत्नपार्कको रुखमा चढेर व्यंग्यात्मक भाषण गरेर चर्चामा आएका मुकुन्द घिमिरे बाउ बन्ने भएका छन्।

आफनो अभिब्यक्तिलाई ‘मुकुन्द ल्याण्डको परिकल्पना’ भन्न रुचाउने घिमिरे रोचक र घोचक अभिव्यक्तिका कारण प्राय सधैं चर्चामा आइरहन्छन्। उनै घिमिरेलाई सन्तान लाभ हुने भएको छ । आगामी मंसिरमा सन्तान प्राप्त गर्न लागेको घिमिरेले जानकारी दिएका छन् ।

सामाजिक सञ्जालमा श्रीमती इन्दिरा घिमिरेसँग नाचेको भिडियो सेयर गरेपछि धेरैले मुकुन्द बाउ बन्न लागेको लख काटेका थिए। नेपाल आजसँगको कुराकानीमा उनले मंसिरमा सन्तान प्राप्त गर्न लागेको बताए । 

०७८ मंसिर २७ गते इन्दिरा संग्रौलासँग विवाह गरेका उनले मण्डपबाटै आफ्नो बिहेको तस्वीर शेयर गरेका थिए। 

घिमिरेले मंसिरमै हुन लागेको निर्वाचनमा उम्मेदवारी पनि घोषणा गरेका थिए । घिमिरेले संघीय संसदका लागि काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा स्वतन्त्र उमेदवारी दिने तयारी गरेका छन् । काठमाण्डौं ४ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनाव जित्दै आएको क्षेत्र हो।

उनले महामन्त्री थापासँगै प्रतिस्पर्धा गर्ने योजना बनाएका छन्।
 

मुकुन्द घिमिरे

विशेष