News

एमाले त्यागेपछि घनश्यामलाई फकाउन गठबन्धनका नेताको दौडधुप

एमाले त्यागेपछि घनश्यामलाई फकाउन गठबन्धनका नेताको दौडधुप

नेकपा एमालेका नेता घनश्याम भूसालले परित्याग गरेको घोषणा गरेपछि गठबन्धनका नेताहरु आफुहरुसँग मिलेर चुनाव लड्न उनलाई फकाउन थालेका छन्।

सत्ता गठबन्धनको भागवण्डामा रुपन्देही १ माओवादी केन्द्रको भागमा परेको छ । माओवादी नेताहरुले भुसाललाई आफ्नो दलको चुनाव चिह्न लिएर चुनाव लड्न समेत प्रस्ताव गरेका छन् ।

तर भुसालले भने रुपन्देही १ मै स्वतन्त्र उम्मेदवारी दिने तयारी थालेका छन्। निकटका नेताहरुका अनुसार भूसालले रुपन्देही १ बाटै स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् ।

कुनै दलको चुनाव चिह्नमा नलड्ने उनको भनाई छ। स्रोतका अनुसार भुसालले स्वतन्त्र उम्मेदवारी दिने र गठबन्धनले समर्थन गर्ने सम्भावना छ ।

एमालेले प्रतिनिधिसभाको टिकट नदिएपछि एमालेका स्थायी कमिटी सदस्य समेत रहेका भूसालले शनिबार दिउँसो पार्टी परित्यागको घोषणा गरेका थिए। पार्टीमा नीति र विधिको पुनर्स्थापना हुने कुनै सम्भावना नदेखेको र अध्यक्ष केपी शर्मा ओलीसँगै रहेर आन्दोलन र आफैंप्रति पनि इमान्दार रहन नसक्ने भएपछि एमालेमा नबस्ने निर्णय गरेको उनले बताएका छन् ।

‘म स्वयम्ले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनर्स्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैप्रति पनि इमान्दार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु’ भूसालले सामाजिक सन्जालमा लेखेका छन्–‘नेकपा एमाले भित्र रहँदा विधि, पद्धति र सही नीतिका लागि सङ्घर्षमा लागेका सहयोद्धा र सहकर्मीहरुप्रति सदा मेरो ऐक्यवद्धता रहनेछ । राष्ट्रको सर्वोपरी हितका लागि म उत्तिकै सक्रिय रहने छु । कमरेडहरु ! सत्य र सही बाटाको खोजमा इतिहासको कुनै विन्दुमा हामी पुनः भेट हुनेछौं ।’

घनश्याम भूसाल

विशेष