News

चिनियाँ दुतावासको भवन पनि टुकुचाकै छातीमा !

चिनियाँ दुतावासको भवन पनि टुकुचाकै छातीमा !

वहुचर्चित टुकुचा अतिक्रमण प्रकरणमा चिनियाँ दुतावास समेत जोडिएको छ। टुकुचा खोलाको जग्गा अतिक्रमण गरेर भवन बनाएको पाईएपछि चिनियाँ दुतावास यो प्रकरणमा जोडिएको हो।

काठमाण्डौंका मेयर बालेन्द्र साहका कारण केही समय अघिसम्म टुकुचाको प्रसंग चर्चामा थियो। तर, उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेर टुकुचाको जग्गामा वनेका भवन नभत्काउन भनेपछि यो प्रसंग सेलाउन थालेको छ।

महानगरले अवैधानिक रुपमा खोलाको जग्गा मिचेर बनाईएका भवन भत्काउन प्रकृया थालेको थियो। तर अदालतले आदेश जारी गरेपछि महानगरको काम पनि सुस्त भएको छ।

महानगर स्रोतका अनुसार टुकुचाको जग्गा मिचेर घर बनाउनेमा चिनियाँ दुतावास, लक्ष्मी बैंक लगायतका व्यक्ति, संघसंस्था, कम्पनी, धार्मिक मठमन्दिरदेखि विदेशी एम्बेसीसमेत छन्।

काठमार्डाैँ महानगरपालिकाका मेयर बालेन्द्र साहका स्वकिय सचिव भुपदेव साहले भने दुतावासहरुको भवन टुकुचाको जग्गामा भए/नभएको तथा नक्सा पास भए/नभएको विषयमा एकिन भईनसकेको बताए।

दुतावासका भवन सरकारकै स्विकृतीमा वनेका हुनाले त्यसका वारेमा परराष्ट्र मन्त्रालय हुँदै सरकारसँगै जानकारी लिएर थप कुरा बुझ्न सकिने बताएका उनले त्यस विषमा अहिले नै ‘यसै हो’ भन्न सक्ने अवस्था नरहेको जानकारी दिए।

बालेन्द्र साह लक्ष्मी बैँक टुकुचा

विशेष