News

मुकुन्द घिमिरेले कमल थापा र एमालेलाई ब्यंग्य गर्दै स्थगित गरे उम्मेदवारी

मुकुन्द घिमिरेले कमल थापा र एमालेलाई ब्यंग्य गर्दै स्थगित गरे उम्मेदवारी

मुकुन्दल्याण्डका परिकल्पनाकार मुकुन्द घिमिरेले काठमाण्डौं ४ बाट उम्मेदवारी दिने घोषणा स्थगित गरेका छन्। सामाजिक सञ्जाल ट्वीटरमा एमाले प्रति ब्यंग्य गर्दै उनले उम्मेदवारी घोषणा स्थगित भएको जानकारी गराएका छन्।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले सुर्य चिन्हबाट चुनाव लड्न उम्मेदवारी दर्ता गराएको प्रसंगमा उनले ब्यंग्य गरेका छन्। ‘कमल थापासम्मलाई दिइने सूर्य चिन्ह हामीलाई पनि दिने हो कि भनेर मात्रै हामीले काठमाडौं ४ का लागि उमेद्वारी घोषणा गरेका थियौं’ उनले लेखेका छन्–‘सूर्य चिन्हमा एमालेले आफ्नै उमेदवार उठाएको हुनाले हाललाई मेरो उमेद्वारी स्थगित गरेको छु। सर्वश्री डाक्टर राजन भट्टराई ज्यूलाई जीतको धेरैधेरै शुभकामना छ।’

घिमिरेले संघीय संसदका लागि काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा स्वतन्त्र उमेदवारी दिने तयारी गरेका थिए। काठमाण्डौं ४ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनाव जित्दै आएको क्षेत्र हो। उनले महामन्त्री थापासँगै प्रतिस्पर्धा गर्ने योजना बनाएका थिए।

कुनै समय ‘पहाडमा रेलैरेल । मधेसमा खेतैखेत । ट्याक्टरले खेत जोत्ने । हेलिकप्टरले बीउ छर्ने । १० करोडसम्म जनतालाई सुखले पाल्ने । र, ३६५ दिन नै दसैं घोषणा गर्ने न्यूनतम कार्यक्रम छ’ भन्दै रत्नपार्कको रुखमा चढेर भाषण गर्दै हिडेपछि उनी चर्चामा आएका थिए।

यो पनि,

मुकुन्द घिमिरेको संयोगः बाउ वन्ने र संसद बन्ने मंसिरमै !

मुकुन्द घिमिरे

विशेष