News

काँग्रेस नेता शर्माद्धारा मोरङ ३ मा उम्मेदवारी दर्ता, जित सुनिश्चित भएको उद्घोस 

काँग्रेस नेता शर्माद्धारा मोरङ ३ मा उम्मेदवारी दर्ता, जित सुनिश्चित भएको उद्घोस 

नेपाली कांग्रेसका सुनिल शर्मा मोरङ क्षेत्र नम्बर ३ मा गठवन्धनको साझा उम्मेदवारको रुपमा प्रतिनिधिसभा सदस्यका उम्मेदवारी दर्ता गराएका छन ।
पार्टी कार्यालयमा पुजा पाठ र गलामा रुद्राक्षको माला सहित शर्माले गराए मोरङ ३ मा उम्मेदवारी दर्ता गराएका हुन । पार्टी कार्यलयबाट समर्थनको ठुलो जुलुस सहित शर्मा उम्मेदवारी दर्ताका लागि निर्वाचन कार्यलय पुगेका थिए ।

उम्मेदवारी दर्ता पछि सञ्चारकर्मी संग प्रतिक्रिया दिदै शर्माले गठवन्धनको जित निश्चित भएको बताए छन । आफू सहित गठवन्धनका सवै उम्मेदवार प्रति जनताको ठुलो विश्वास र भरोसा रहेकाले संघ र प्रदेशमा आफु हरुको जित सुनिश्चित भएको प्रतिक्रिया दिएका हुन । जनताको हरेक सुख दुख आफू संगै भएका कारण यो निर्वाचनमा जित पक्का भएको शर्माको भनाइ थियो ।

विशेष