News मनोरञ्जन राजनीति

पूर्व पति छविराज ओझाले दिए रेखा थापालाई जितको शुभकामना 

पूर्व पति छविराज ओझाले दिए रेखा थापालाई जितको शुभकामना 

चर्चित नायिका रेखा थापाले मोरङ क्षेत्र नं. ३ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गरेकी छन् । थापाले प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गरेकी हुन् । आज जिल्ला निर्वाचन कार्यालय मोरङमा पुगेर थापाले उम्मेदवारी दर्ता गरेकी हुन् । 

थापाका पूर्व पति तथा चलचित्र निर्माता छविराज ओझालाई जितको शुभकामना दिएका छन् । हिम्मतवाली नायिकाको उपमा दिएर ओझाले थापालाई जितको शुभकामना दिएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा ओझाले लेखेका छन्, ‘कलिलो उमेर मै नेपाली सिने क्षेत्रमा प्रवेश गरेर नेपाली सिने क्षेत्र कै गौरव बन्न सफल चलचित्र मार्फत नारी आवाजलाई बुलन्द गर्दै दसौं वर्षसम्म शीर्ष स्थानमा रहन सफल, क्रान्तिकारी मान्यता बोकेकी आँटिली हिम्मतवाली नायिका  हालः राप्रपा को नेतृ रेखा थापाले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मोरङ्ग क्षेत्र नं.३ बाट उम्मेद्वारी दर्ता गरेकी छिन् । रेखाको साहस, आँट र नेतृत्वदायी क्षमतालाई मैले नजिकबाट चिनेको छु।  तपाईंको राजनीतिक यात्रा सफल रहनेमा म ढुक्क छु । रेखा जी तपाईँलाई जितको लागि अग्रिम शुभकामना । 

 

विशेष