News

प्रभु साहले एमाले छोडे, स्वतन्त्र उम्मेदवारी दर्ता 

प्रभु साहले एमाले छोडे, स्वतन्त्र उम्मेदवारी दर्ता 

नेकपा एमालेका नेता प्रभु साहले पार्टी त्यागेर स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गरेका छन्। नेकपा हुँदा अन्तिम समयमा ओली समुहमा खुलेका नेता साह एमाले–माओवादी अलग हुँदा एमालेमा रहेका थिए।

एमालेभित्रको खिचातानीका कारण पार्टी गतिविधिमा पनि प्राय सुस्त देखिएका साहले अध्यक्ष ओलीका पछिल्ला गतिविधिमा असन्तुष्टि जनाउँदै पार्टी छोड्ने निर्णय गरेका हुन। तालमेलका नाममा जसपा र राप्रपासँगको साँठगाँठमा साहले असन्तुष्टि जनाएका छन्।

विशेष गरी उनी पक्षका नेता कार्यकर्ता यी गतिविधिका कारण रुष्ट छन्। उनीहरुले नेता साहलाई एमाले त्याग्न र स्वतन्त्र उम्मेदवारी दिन दवाव दिएकाथिए । गौर घट्ना र त्यसपछिका घट्नाले जसपाका नेता÷कार्यकर्तामागि पहाडी अनुहारलाई देखिनसहने आरोप लाग्ने गरेको छ।

यही विषयमा अहिले एमालेका नेताहरुले नेतृत्वसँग असन्तुष्टि ब्यक्त गरेका थिए। जसपाका कारण एमालेमा रहेका मधेशी नेतालाई समेत हेर्ने दृष्टिकोण फरक पर्ने भन्दै उनीहरुले कुरा राखेका थिए। तर, नेतृत्वले सुनुवाई नगरे पनि अधिकाङ्स ठाउँमा एमाले र जसपाको गठबन्धन बिरुद्ध एमाले कै नेता कार्यकर्ताहरूले स्वतन्त्र उम्मेदवारी दर्ता गरेको जनाईएको छ।

स्रोतका अनुसार खास गरी जसपाको भागमा परेका क्षेत्रमा एमालेका नेताहरुले बागी उम्मेदवारी दिएका छन्। साहले भने रौतहट निर्वाचन क्षेत्र नं. –३  बाट उम्मेदवारी दिएको उनका स्वकिय सचिव विजय यादवले जानकारी दिएका छन्। 

यो पनि,

एमाले–जसपा गठबन्धनले मधेशमा हलचल, गठबन्धन बिरुद्ध एमाले कै नेता बागी !

विशेष