प्रचण्डले मध्येरातमा घनश्यामलाई फोन गरेपछि...
![प्रचण्डले मध्येरातमा घनश्यामलाई फोन गरेपछि...](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/10/ghanashyam-prachanda.jpg)
टिकट नपाएपछि नेकपा एमाले परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका नेता घनश्याम भूसाललाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मध्येरातमा फोन गरेर फकाउने प्रयास गरेका छन्।
रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका भुसाललाई दाहालले सत्ता गठबन्धनले समर्थन गर्ने प्रतिवद्धता जनाएको स्रोतले जनाएको छ। दाहालले फोन गरेको विषय अहिले निकै चर्चामा छ।
भूसालले शनिबार मात्रै एमाले परित्याग गरेको घोषणा गरेका थिए । लगतै माओवादी नेताहरुले स्वतन्त्र रहने गरी आफ्नो दलको चुनाव चिह्न लिएर चुनाव लड्न आग्रह गरेका थिए । भुसालले भने आफू वाम एकताको मुद्दा उठाएवापत एमालेमा किनारामा पारिएकाले वाम एकताको झण्डा कायमै राख्ने बताए ।
बरु आफू स्वतन्त्र वाम उम्मेदवारको रुपमा रहने भन्दै समर्थनका लागि आग्रह गरेका थिए । उनको प्रस्तावमा भने दाहालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग कुरा गर्नुपर्छ भनेर जवाफ दिएका थिए।
भूसाल ०७४ मा रुपन्देही ३ बाट निर्वाचित भएका थिए ।