News

देउवाको पुर्वाग्रहले यसरी ‘घनश्याम’ भए मिनेन्द्र, स्वतन्त्र उम्मेदवारी दिने तयारी

देउवाको पुर्वाग्रहले यसरी ‘घनश्याम’ भए मिनेन्द्र, स्वतन्त्र उम्मेदवारी दिने तयारी

नेकपा एमालेमा घनश्याम भुसालले नै ब्यहोरेको अपमान नेपाली कांग्रेसमा मिनेन्द्र रिजालले पनि भोग्नु परेको छ। फरक मत राखेकै कारण ओलीले भुसालको टिकट खोसे भने सोही कारण रिजालको पनि टिकट खोसिएको छ।


नेकपा एमालेमा घनश्याम भुसालले नै ब्यहोरेको अपमान नेपाली कांग्रेसमा मिनेन्द्र रिजालले पनि भोग्नु परेको छ। फरक मत राखेकै कारण ओलीले भुसालको टिकट खोसे भने सोही कारण रिजालको पनि टिकट खोसिएको छ।

रिजाल महाधिवेशनमा शेखर कोइराला समूहबाट महामन्त्रीको उम्मेदवार थिए । पछिल्लो समय देउवाको कार्यशैलीप्रति विमति जनाउँदै आएका नेता डा.रिजालको साटो देउवाले महाधिवेशनको बेला कोइराला समूह छाडेर आफूलाई साथ दिएकी सुजाता कोइरालालाई टिकट दिएका छन् ।

तर, नेता रिजाल कांग्रेस संकटमा परेका बेला चुनाव जितेर आएका प्रभावशाली ब्यक्ति हुन। ०७४ मा कांग्रेसले प्रत्यक्षतर्फ २३ सीट जित्दा रिजालले वाम गठबन्धनका उम्मेदवारलाई पराजित गरेका थिए ।

रिवालले संसदमा कांग्रेसको उपस्थिति कमजोर भएका बेला प्रभावकारी भूमिका निर्वाह गरेर प्रतिपक्षको आवाज बलियो बनाएका थिए। उनलाई देउवाले पुर्वाग्रह राखेर टिकट नदिएको टिप्पणी नेताहरुले गरेका छन् ।

रिजालले महामन्त्रीमा पराजित भएपछि नैतिकताको कारण देखाउँदै रक्षामन्त्रीबाट राजीनामा दिएका थिए । अर्कोतर्फ रिजालसँगै महामन्त्री र अन्य पदाधिकारीमा पराजित भएका नेताहरुमध्ये अधिकांशलाई केन्द्रीय सदस्य मनोनित गर्दा पनि देउवाले उनलाई भने मनोनित गरेनन् ।

मोरङमा बलियो उम्मेदवारका रुपमा मानिने रिजाललाई अन्याय र प्रतिशोधविरुद्ध लड्न स्वतन्त्र उम्मेदवारी दिन कार्यकर्ताले दबाब दिएका छन् । उनी केही समयअघिसम्म एमाले अध्यक्ष केपी ओलीसँग संवादमै रहेका कारण उनले एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिन सक्ने कतिपय नेताको अनुमान छ।

विशेष