News

स्वर्णिम वाग्ले उम्मेदवार नभए गगन सर्लाही नजाने, काठमाण्डौं फिक्स

स्वर्णिम वाग्ले उम्मेदवार नभए गगन सर्लाही नजाने, काठमाण्डौं फिक्स

सर्लाहीबाट उम्मेदवारी दिने भनेका नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा काठमाडौं क्षेत्र नम्बर ४ बाटै प्रतिनिधि सभा निर्वाचन लड्ने भएका छन् ।

काठमाडौं ४ र सर्लाही ४ दुबै ठाउँबाट थापाको नाम सिफारिस भएको थियो । सर्लाही ४ बाट चुनाव लड्नुपर्ने भन्दै स्थानीय नेताहरुको डेलिगेसन समेत आएको थियो । तर, टिकट वितरणका क्रममा सभापति शेरबहादुर देउवाले काठमाडौं ४ वा सर्लाही ४ मध्ये एक रोज्न भनेपछि उनले पुरानै क्षेत्र राजेको जनाईएको छ,

०७० को संविधानसभा निर्वाचन र ०७४ को संसदीय निर्वाचनमा उनी यही क्षेत्रबाट निर्वाचित भएका थिए। 

थापाले काठमाण्डौं असुरक्षित महसुस गरेपछि आफनो क्षेत्र अर्थविद स्वर्णिम वाग्लेलाई जिम्मा लगाएर उनी मधेश झर्न लागेका चर्चा भएको थियो। पछिल्लो पटक अमेरिकी परियोजना एमसीसी प्रकरणमा थापा विवादमा परेका थिए । काठमाण्डौं संवेदनशिल क्षेत्र भएको र पटक पटक विवादमा परेका कारण थापा विश्वस्त हुन नसकेर उनले काठमाण्डौ छोडन खोजेको कतिपयले बताएका थिए।

तर, थापा निकट श्रोतले भने काठमाडौं ४ गगनलाई असुरछित भन्नु मुर्खहरुले गर्ने तर्क भएको जनाएको छ। ‘अर्थविद स्वर्णिम वाग्लेले टिकट नपाउने अवस्थामा त्यत्तिको क्षमतावान मान्छेलाई अवसर दिनुपर्छ भनेर गगनले काठमाण्डौं छोड्ने कुरा आएको हो’ स्रोत भन्छ–‘तर उहाँको क्षेत्र काठमाडौं ४ नै हो।’

स्वर्णिम वाग्ले नउठ्ने वा अन्यन्त्र टिकट पाएको अवस्थामा गगनको क्षेत्र काठमाण्डौं ४ फिक्स हुने उनी निकट एक नेताले बताए।

विशेष