News

स्वकिय सचिवले नै खोसे मुख्यमन्त्री त्रिलोचन भट्टको टिकट

स्वकिय सचिवले नै खोसे मुख्यमन्त्री त्रिलोचन भट्टको टिकट

नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको सट्टा उनका स्वकिय सचिवलाई प्रदेश सभाको टिकट दिएको छ। भट्ट टिकटबाट वञ्चित भएका छन् ।

भट्ट डोटीबाट प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ सिफारिस भएका थिए। नभए प्रदेशसभा सदस्यमा समेत उम्मेदवारको आकांक्षी रहेका भट्टले अन्तिम समयमा टिकट पाएनन्। 

तर उनका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले प्रदेशसभा सदस्यमा टिकट पाएका छन् । ओलीले मुुख्यमन्त्री भट्टको निर्वाचन क्षेत्र डोटी (ख) बाटै टिकट पाएका हुन् ।

भट्टको स्थायी ठेगाना डोटी जिल्लाको साविक भूमिराजमाडौं गाविस वडा नम्बर–८ फलेडी हो । ०४७ सालमा अखिल भारत नेपाल एकता समाजको सदस्यबाट राजनीति सुरु गरेका भट्ट ०७१ देखि माओवादी केन्द्रका जिल्ला अध्यक्ष तथा पोलिटब्यूरो सदस्य भएका थिए।

बाम गठवन्धनको तर्फबाट डोटी प्रदेश सभा निर्वाचन क्षेत्र नं २ बाट नेपाली कांग्रेसका उम्मेदबार योगेन्द्र शाहीलाई २७ सय भोट अन्तरले हाराउदै उनी ०७४ को निर्वाचनमा बिजयी भएका थिए।

विशेष