News

स्वर्णिम वाग्लेलाई अहमताले डुबायो, कांग्रेसले टिकटै दिएन

स्वर्णिम वाग्लेलाई अहमताले डुबायो, कांग्रेसले टिकटै दिएन

‘मै हुँ’ भन्ने अहमताका कारण नेपाली कांग्रेसले अर्थशास्त्री स्वर्णिम वाग्लेलाई टिकट दिन अस्वीकार गरेको छ । काठमाण्डौं ४ बाट उम्मेदवारी दिने चर्चा चलेपनि अन्तिम समयमा आएर उनको टिकट क्यान्सिल भएको हो।

वाग्लेको नाम चितवन क्षेत्र नम्बर १ बाट पनि प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएको थियो । उनले काठमाडौं ५ वा गोरखा १ बाट चुनाव लड्ने विकल्प पनि अघि सारेका थिए ।

तर चितवन १ मा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष विश्व पौडेललाई टिकट दिइएको छ भने काठमाडौं ५ मा प्रदीप पौडेलले टिकट पाएका छन् । अब स्वर्णिमले यो पटक टिकट नपाउने पक्का भएको कांग्रेसका एक पदाधिकारीले बताए ।

आफनो क्षेत्र स्वर्णिमलाई छोडेर सर्लाही जाने तयारी गरेका गगन थापा पनि काठमाण्डौं ४ मै फिक्स भएका छन्। वाग्लेले टिकट नपाउनुमा उनको अहमता प्रमुख कारण भएको बताईन्छ। उनीसँग नेतादेखि कार्यकर्तासम्म असन्तुष्ट थिए।

वाग्लेले आफुलाई विज्ञको रुपमा प्रश्तुत गर्ने र नेता÷कार्यकर्तालाई असभ्य ब्यवहार गर्ने गरेको गुनासो ब्याप्त छ। उनलले पार्टी नेतृत्वमा रहेका नेताहरु समेतलाई हेपेर कुरा गर्ने, आफुनै जान्ने र अरु चाही केही नवुझेका झै ब्यपहार गर्ने, नेताहरुलाई ओझेलमा पार्ने खालका गतिविधि गर्ने गरेको गुनासो छ।

अर्कोतर्फ वाग्लेसँग राजनीतिक अनुभव नभएका कारण कांग्रेसले जित्दै आएको क्षेत्र पनि उनकै कारण गुमाउनु पर्ने खतरा वढेपछि उनलाई टिकट नदिने निर्णय भएको कांग्रेस नेताहरु बताउँछन्।

वाग्ले निर्वाचन लड्ने तयारीकै लागि यूएनडीपी एसिया प्यासिफिकको प्रमुख आर्थिक सल्लाहकारबाट राजीनामा दिएर आएका हुन।

यो पनि,

स्वर्णिम वाग्ले चुनाव लड्न खोजेपछि कांग्रेसमा खसखस

स्वर्णिम वाग्ले

विशेष