News

रेखा थापाले मोरङ ३ मा उम्मेदवारी दर्ता गर्दै भनिन्; पर्दामा देखिने रोल अब समाजमा देखाउँछु

रेखा थापाले मोरङ ३ मा उम्मेदवारी दर्ता गर्दै भनिन्; पर्दामा देखिने रोल अब समाजमा देखाउँछु

चर्चित नायिका रेखा थापाले मोरङ क्षेत्र नं. ३ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गरेकी छन् । थापाले प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गरेकी हुन् । आज जिल्ला निर्वाचन कार्यालय मोरङमा पुगेर थापाले उम्मेदवारी दर्ता गरेकी हुुन् । 

देशका तमाम समस्याले आफूले उम्मेदवारी दर्ता गरेको थापाले बताएकी छन् । ‘मोरङ क्षेत्र नं ३ बाट यूवा विद्रोहको रुपमा उम्मेद्वारी दिएकी छु । रङ्गमञ्चको पर्दामा रेखा थापाको जुन खालको योगदान थियो अव नेपाली समाज, मोरङबासीको, आमा अनि छोरीहरूका लागी विशेष योजना सहित  विशेष काम गर्ने छु ।’ थापाले उम्मेदवारी दर्तापछि सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् ।

रेखा थापा

विशेष