News

नेतृत्वबाटै अन्यायमा परेका यी हुन माओवादी नेता, जसले टिकटै पाएनन्

नेतृत्वबाटै अन्यायमा परेका यी हुन माओवादी नेता, जसले टिकटै पाएनन्

नेकपा माओवादी केन्द्रका धेरै नेता यस पटक टिकटबाट बन्चित भएका छन्।

दाङ क्षेत्र नं. २ बाट चुनाव लड्ने तयारीमा रहेका उपाध्यक्ष तथा पुर्व सभामुख कृष्णबहादुर महराले पनि टिकट पाएका छैनन् । महराको क्षेत्रबाट माओवादीले रेखा शर्मालाई टिकट दिएको छ ।

समानुपातिक बन्द सूचिमा राखिएको महराको नाम अन्तिम समयमा आएर त्यहाँबाट पनि हटाइएको छ।

सिन्धुली क्षेत्र नं. २ बाट टिकट पाउनेमा ढुक्क भएका माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले पनि अन्तिम समयमा आएर टिकट पाएनन् । सिन्धुली क्षेत्र नं. २ बाट राजन दाहालले टिकट पाएका छन्।

०७४ सालमा झापा क्षेत्र नं. १ बाट वाम गठबन्धनबाट चुनाव जितेका माओवादी केन्द्रकै सचिव सुरेन्द्र कार्कीले पनि अन्तिम समयमा आएर टिकट पाएका छैनन् । कार्कीले योपटक पनि सोही क्षेत्रबाट चुनाव लड्ने तयारी गरेका थिए ।

सत्ता गठबन्धनमा जसले जुन क्षेत्र जितेको छ, त्यही क्षेत्र उक्त दललाई दिने सहमति भएको पनि थियो । तर, कांग्रेसका महामन्त्री विश्वप्रकाशले पनि उक्त क्षेत्रबाट नै चुनाव लड्ने भएपछि कार्कीलाई टिकट नदिइएको जनाईएको छ ।

अघिल्लो पटक जितेर पनि टिकट नपाउनेमा माओवादीका नेतामा कार्की पनि परेका छन् । कार्कीले ओखलढुङ्गाबाट पनि टिकट पाउने चर्चा चलेको थियो । तर, ओखलढुङ्गामा पनि भागवण्डामा कांग्रेसको भाग परेको छ ।

काठमाडौं क्षेत्र नं. ३ बाट चुनाव लड्ने तयारीमा रहेका सचिव हितमान शाक्यले पनि टिकट पाएनन् । सचिव गणेश साहले पनि टिकट पाएनन् । 

अग्नि सापकोटाले भने अन्तिम समयमा आएर सिन्धुपाल्चोकबाट चुनाव नलड्ने घोषणा गरेका छन् । उनले अन्तिम समयमा आएर आफ्नै भतिजोलाई टिकट दिलाएर आफू चुनाव नलड्ने भएका हुन् । 

कृष्णबहादुर महरा हरिबोल गजुरेल सुरेन्द्र कार्की गणेश साह हितमान शाक्य

विशेष