News

बादलले चुनाव लड्न नमानेपछि उम्मेदवार खोज्दै एमाले

बादलले चुनाव लड्न नमानेपछि उम्मेदवार खोज्दै एमाले

उपाध्यक्ष रामबहादुर थापा बादलले चुनाव लड्न अस्वीकार गरेपछि नेकपा एमालेमा तनाव सुरु भएको छ। बादलले उम्मेदवार नबन्ने बताएपछि एमाले नेता काठमाडौं क्षेत्र नम्बर १० का लागि उम्मेदवारको खोजिमा लागेका छन्।

चुनाव लड्न अध्यक्ष केपी शर्मा ओलीले गरेको आग्रह पनि बादलले अस्वीकार गरेको जनाईएको छ । बादललाई टिकट दिने भएपछि बाहिरका मान्छेलाई टिकट दिएको भन्दै विरोध सुरु भएको थियो। 

मतदाता र कार्यकर्ता सवै विरोधमा लागेपछि बादल पछि हटेको जनाईएको छ । अहिले एमाले राजधानीमा उपलब्ध नेताहरु अर्को उम्मेदवारबारे छलफलमा छन् ।

यो क्षेत्रबाट भने सुरेन्द्र मानन्धर लगायत नेताहरुको नाम सिफारिस भएको थियो । तर टिकट वितरणको अधिकार पाएका अध्यक्ष केपी शर्मा ओलीले भने बादललाई उम्मेदवार बनाउने निर्णय सुनाएका थिए । 

रामबहादुर थापा बादल

विशेष