News

दुई उम्मेदवारको झगडाले नेकपा एसको टिकट खोसियो, कांग्रेसको मनोनयन दर्ता 

दुई उम्मेदवारको झगडाले नेकपा एसको टिकट खोसियो, कांग्रेसको मनोनयन दर्ता 

सीट बाँडफाटमा नेकपा एकीकृत समाजवादीले पाएको एउटा प्रदेशसभामा दुई आकांक्षीको झगडा परेपछि त्यसको फाईदा कांग्रेसले उठाएको छ। एउटै पार्टीका दुई उम्मेदवार हानाथाप गर्न थालेपछि गठबन्धनको अर्को दल कांग्रेसले मनोनयन पत्र दर्ता गराएपछि किचलो शुरु भएको छ ।

काठमाडौंको क्षेत्र नं ५ को प्रदेशसभा (ख) मा एकीकृत समाजवादीले उम्मेदवारी दिने निर्णय भएको थियो। समाजवादीका बालकृष्ण श्रेष्ठ र दीपक केसीमध्ये कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा विवाद भईरहेका बेला नेपाली कांग्रेसका श्याम खड्काले मनोनयन दर्ता गराएका छन् ।

समाजवादीले दुई उम्मेदवारको झगडा मिलाएर बालकृष्ण श्रेष्ठलाई उम्मेदवारी दर्ता गर्न पठाउँदा खड्काको मनोनयन दर्ता भएको पाएपछि गठबन्धनमै खटपट सुरु भएको छ। समावजादीका श्रेष्ठ गत स्थानीय तह निर्वाचनमा बूढानीलकण्ठ नगरपालिकामा मेयर हारेका ब्यक्ति हुन।

अब एकीकृत समाजवादीले आफ्नो भागमा नपरे पनि काठमाडौंको क्षेत्र नं ६ को (क)मा अर्जुनलाल प्रधानलाई उम्मेदवार बनाउने तयारी गरेको छ। उक्त पार्टीले पाएका प्रदेशसभा सदस्यमध्ये २ को (ख) मा भरत फुयाँल, ४ को (ख) मा कुसुम कुमार कार्की, ७ को (क) मा बसन्त मानन्धर र १० को (ख) मा रमा आले मगरको उम्मेदवारी तय भएको छ।

विशेष