News

फिर्ता भयो शान्ता चौधरीको टिकट, काम लागेन शेखर समुहलाई सघाउने सहमति

फिर्ता भयो शान्ता चौधरीको टिकट, काम लागेन शेखर समुहलाई सघाउने सहमति

एमाले नेतृ शान्ता चौधरीको टिकट फिर्ता भएको छ। दाङ क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसको शेखर कोइराला समूहका डाक्टर गोविन्दराज पोखरेललाई सघाउने निर्णय गर्दै एमालेले चौधरीको  टिकट खोसेको थियो।

काँग्रेस भित्रको विद्रोही समूहसँग चुनावी तालमेल हुनेभएपछि शेखर समूहका पोखरेललाई दाङ क्षेत्र नम्बर १ मा सघाउने निर्णय गर्दै चौधरीलाई ब्याक गरिएको थियो। तर सहमति भएको केही घण्टा नवित्दै निर्णय उल्टिएको छ।

अव शान्ता चौधरीले नै उम्मेदवारी दर्ता गर्ने एमाले महासचिव शंकर पोखरेलले बताए। महासचिव पोखरेलले फोन गरेर गोविन्द पोखरेललाई सघाउने भएकाले उम्मेदवारी नदिन भनेपछि आफु ब्याक भएको तर, फेरि तपाई नै उम्मेदवारी दिनुस् भन्नुभएकाले उम्मेदवारी दर्ताको तयारीमा लागेको शान्ताले बताईन।

विशेष