News राजनीति

नुवाकोट र काठमाडौंमा काँग्रेस, माओवादीले खोसे समाजवादीको टिकट 

नुवाकोट र काठमाडौंमा काँग्रेस, माओवादीले खोसे समाजवादीको टिकट 

नुवाकोटको क्षेत्र नम्बर २ को प्रदेशसभा (क) मा एकीकृत समाजवादीको टिकट खोसिएको छ ।  उम्मेदवारी मनोनयनकै दिन कांग्रेस र माओवादीले क्षेत्र हेरफेर गरेपछि समाजवादीको टिकट खोसिएको हो ।

समाजवादीले त्यस क्षेत्रबाट पूर्व सांसद राजेन्द्रप्रकाश लोहनीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो। अब क्षेत्र नम्बर २ को प्रदेशसभा (क) मा माओवादीले रामप्रसाद ढुंगाना र  (ख) मा कांग्रेसका बहादुर सिंह लामा उठ्ने भएका छन्। यसअघि प्रदेशसभाको (ख) मा माओवादीकी राममाया बोगटीले टिकट पाएकी थिइन् ।

नुवाकोटको क्षेत्र नम्बर २ मा प्रतिनिधिसभामा गठबन्धनका तर्फबाट कांग्रेस नेता अर्जुननरसिंह केसीले उम्मेदवारी दिँदैछन् ।

त्यस्तै, काठमाडौंको क्षेत्र नं ५ को प्रदेशसभा (ख) मा एकीकृत समाजवादीको उम्मेदवारी टुंगो लागेको थियो । सो पार्टीका तर्फबाट बालकृष्ण श्रेष्ठ र दीपक केसीमध्ये कसलाई उम्मेदवार बनाउने भन्ने छलफलले झगडाको रुप लिएपछि केन्द्रबाट हस्तक्षेप गरी झगडा त मिल्यो । तर, उम्मेदवारी भने कांग्रेसले दियो ।

त्यहाँ केन्द्रले हस्तक्षेप गरी एकीकृत समाजवादीका बालकृष्ण श्रेष्ठको उम्मेदवारी टुंगो लगाएको थियो । तर, श्रेष्ठ निर्वाचन कार्यालय पुग्न नपाउँदै नेपाली कांग्रेसका श्याम खड्काले सोही मनोनयन दर्ता गराएका छन् ।

एकीकृत समाजवादीले तय गरेका उम्मेदवार श्रेष्ठ गत स्थानीय तह निर्वाचनमा बूढानीलकण्ठ नगरपालिकामा मेयरका प्रत्यासी थिए । उक्त प्रदेशसभामा उम्मेदवारीका लागि काठमाडौंको वडा नं ३ का पूर्ववडाध्यक्ष दीपक केसी र श्रेष्ठबीच शनिबार दिनभरि कुरा मिल्दा समस्या भएको थियो ।

अब एकीकृत समाजवादीले आफ्नो भागमा नपरे पनि काठमाडौंको क्षेत्र नं ६ को (क) मा अर्जुनलाल प्रधानलाई उम्मेदवार बनाउने तयारी गर्दैछ ।

उक्त पार्टीले पाएका प्रदेशसभा सदस्यमध्ये २ को (ख) मा भरत फुयाँल, ४ को (ख) मा कुसुम कुमार कार्की, ७ को (क) मा बसन्त मानन्धर र १० को (ख) मा रमा आले मगरको उम्मेदवारी तय गरेको छ 

विशेष