गंगाले विद्रोह गरेको क्षेत्रमा एमालेले शान्ताको पनि टिकट खोस्यो
नेकपा एमालेले शान्ता चौधरीको टिकट खोसेको छ। दाङ क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गर्न लागेकी चौधरीको टिकट फिर्ता लिएर एमालेले नेपाली कांग्रेसको शेखर कोइराला समूहका उम्मेदवारलाई सहयोग गर्ने निर्णय गरेको छ।
दाङ क्षेत्र नम्बर १ मा शेखर समुहका डाक्टर गोविन्दराज पोखरेले स्वतन्त्र उम्मेदवारी दर्ता गराउने भएका छन्। एमालेले कांग्रेस भित्रको विद्रोही समूह शेखर पक्षसँग तालमेल गरेर चौधरीलाई फिर्ता गरेको हो।
दाङ क्षेत्र नम्बर १ मा पोखरेललाई सघाउने निर्णय भएको एमाले महासचिव शंकर पोखरेलले पुष्टि गरे।
यस क्षेत्रमा एमालेले शान्ता चौधरीलाई टिकट दिएपछि एमालेकी केन्द्रीय सदस्य तथा पूर्वसांसद गंगा चौधरी सत्गौवाले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छिन। उनले उम्मेदवारी दर्ता गरेर पार्टीबाट राजीनामा दिने बताएकी थिईन।
दाङ– १ बाट आफ्नो नाम पनि सिफारिस भएको तर पार्टीले अर्को निर्वाचन क्षेत्रकी शान्तालाई ल्याएकाले स्वतन्त्र उम्मेदवार बन्न लागेको गंगाले बताइन् । शान्ता चौधरीको स्थायी बसोबास दाङ क्षेत्र नम्बर २ मा पर्छ ।
यो पनि,
शान्ता चौधरीलाई हराउन स्वतन्त्र उम्मेदवार बन्दै गंगा चौधरी सत्गौवा
शान्ता चौधरी दाङ क्षेत्र नम्बर १