News कभर स्टोरी

उम्मेदवारी दिँदै लामिछानेले भनेः मलाई झुक्याएर राता रात चितवन पुर्याइयो

उम्मेदवारी दिँदै लामिछानेले भनेः मलाई झुक्याएर राता रात चितवन पुर्याइयो

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबी लामिछानेले चितवन निर्वाचन क्षेत्र २ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् । उनी आजै निर्वाचन आयोगमा उम्मेदवारी दर्ता गर्दै छन् । लामीछानेले चितवन २ बाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दिँदै छन् । 

आजमात्रै चुनाव लड्ने निर्वाचन क्षेत्र निर्धारण गरेका लामिछानेले उनीसँग जोडिएको विगतएको एक घटनालाई स्मरण गरेका छन् । पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहको आरोपमा लामिछाने पक्राउ परेका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा राखेर अनुसन्धान गरेको थियो । 

निर्वाचन क्षेत्र घोषणा गर्दै लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एउटा समय यस्तो थियो जब मलाई झुक्याएर राता रात भरतपुर चितवन पुर्याइयो र आधा रातमा हिरासतमा कोचियो । म आँखामा अन्योल र  आँसु बोकेर चितवन आएको थिएँ । अर्को समय आज छ, जहाँ म आफ्नै इच्छा र चाहनाले आँखा भरी सपना र समाज परिवर्तनको  योजना  बोकेर चितवन नै आएको छु । यस पटक म नफर्कने गरेर आएको छु । म चितवनले लगाएको गुण तिर्न चाहन्छु, जीवन भर  चितवनको मान्छे  बनेर । मंसिर ४ का लागि चितवन २ मेरो निर्वाचन क्षेत्र र  चुनाव चिन्ह घण्टी ।’

रबी लामिछाने

विशेष