News

गोरखामा प्रचण्डको बाचाः ५ वर्षपछि कच्चि सडक बाँकी हुने छैनन्

गोरखामा प्रचण्डको बाचाः ५ वर्षपछि कच्चि सडक बाँकी हुने छैनन्

चुनाव जितेका ठाउँमा कामै नगरेपछि हरेक पटक निर्वाचन क्षेत्र परिवर्तन गर्ने गरेको आरोप खेप्दै आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखामा भने ५ वर्षभित्र सबै कच्ची सडक कालोपत्रे गरिदिने वाचा गरेका छन्।

गोरखा–२ मा सत्ता गठबन्धनबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका दाहालले अबको ५ वर्षभित्र सवै सडक कालोपत्रे गरिछाडने प्रतिबद्धता जनाए। चुनाव प्रचार प्रसारका क्रममा धुलो, हिलो र खाल्डाखुल्डी भएका सडक भएर आफू गाउँ–गाउँ पुगेको वताउँदै उनले ५ वर्ष भित्र गोरखामा कच्चि सडक नरहने वताए ।

बुधबार भच्चेकमा भएको कोणसभामा दाहालले त्यस क्षेत्रलाई पर्यटकीय केन्द्र बनाउने र सिंगो गोरखाको विकास निर्माणमा ध्यान दिने बताए । ‘गोरखाबाट आर्थिक विकासको नमूना प्रस्तुत गर्नेछु,’ उनले भने।

आफनो बाँकी जीवन आर्थिक क्रान्तिका लागि हुने पनि उनले बाचा गरे। 
 

विशेष