News

निर्वाचनको पुर्वसन्ध्यामा कम्युनिस्टलाई मिलाउन चीनियाँ मन्त्री नेपाल आउदै ! 

निर्वाचनको पुर्वसन्ध्यामा कम्युनिस्टलाई मिलाउन चीनियाँ मन्त्री नेपाल आउदै ! 

मंसिर ४ गतेको निर्वाचन हुने नदिने षडयन्त्र गरिरहेको आरोप खेपेको चीनका सँस्कृति तथा पर्यटन उपमन्त्री ली छ्युन नेपाल आउन लागेका छन् । भूकम्पपछि चीनको सहयोगमा पुनःनिर्माण भएका सम्पदाहरूको अवलोकन  गर्न उनी नेपाल आउन लागेको वताईए पनि उनको भ्रमणलाई शंकास्पद रुपमा हेरिएको छ।

उपमन्त्री ली छ्युन शुक्रवार नेपाल आउने पर्यटनमन्त्री जीवनराम श्रेष्ठको स्वकीय सचिवालयले पुष्टि गरेको छ। सचिवालयले चिनियाँ लगानीमा बनेका सम्पदाहरूको अवलोकन गर्न ली छ्युन नेपाल आउन लागेको जनाएको छ।

तर, निर्वाचनको पूर्वसन्ध्यामा चिनियाँ मन्त्रीको भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ। देश पुर्ण रुपमा चुनावमा केन्द्रित भएका वेला पुनर्निमाणको उदेश्य लिएर छिमेकी राष्ट्रको मन्त्री भ्रमणमा आउनुलाई सामान्य रुपमा वुझन नहुने जानकारहरु वताउँछन्। कुवेलामा भएको भ्रमणका कारण उनको आतिथ्यमा पनि कमजोरी हुन सक्ने उनीहरुको भनाई छ।

चीन जस्तो मुलुकले कस्तो वेलामा छिमेकी देशको भ्रमण गर्ने भन्ने नवुझेको भन्दा पनि योजनावद्ध रुपमा भ्रमणको तालिका मिलाईएको कतिपयले आरोप लगाएका छन्। ‘चुनाव आउन मुस्किलले १० दिन वाँकी छ। देशको माहोल पुनर्निमाण भन्दा पनि कसरी निस्पक्ष निर्वाचन गराउने भन्नेमा केन्द्रित छ’ एक परराष्ट्रविद भन्छन्–‘यस्तो वेलामा चिनियाँ मन्त्रीको चासो कसरी सम्वोधन होला ? यो कुरा चिनले वुझेको छैन भन्ने वुझनु मुर्खता हुन्छ।’

१० दिन पर्खेर चुनाव सकिन दिनुभन्दा पनि यही समयलाई उपयोग गर्ने योजना अनुसार मन्त्री लीको भ्रमण तालिका मिलाईएको उनी बताउँछन् । चीनले यस अघि देखि ने नेपालको राजनीतिमा हस्तक्षेप गरेको आरोप खेप्दै आएको छ। चुनावको पुर्व सन्ध्यामा यसरी मन्त्री भ्रमणमा आउनुले आरोपलाई पुष्टि गर्ने आधार तयार भएको उनले वताए ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता गरी नेकपा वनाउनेदेखि केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम लगायतका शिर्ष नेतामा देखिएको तिक्ततालाई घटाउने, नेकपा फुटको संघारमा पुगेपछि त्यसलाई भरथेग गर्ने सम्मका प्रकृयामा चीनको प्रत्यक्ष हस्तक्षेप गरेको थियो।

नेकपालाई जोगाउन नेपालका लागि तत्कालिन चिनियाँ राजदुत होउ यान्छि असफल भएपछि चिनियाँ कम्युनिष्ट पार्टीका नेता समेत नेपाल आएको वताईन्छ। नेकपाको फुटलाई जोगाउन नसकेको चीनले आसन्न मंसिर ४ को निर्वाचन रोक्ने प्रयास समेत गरेको राजनीतिक विश्लेषकहरु वताउँछन्।

गठबन्धनसँग चुनाव लड्दा एमाले कमजोर हुने वुझेको चिनले चुनाव रोक्न असफल भएपछि फेरी पनि कम्युनिष्टहरु मिलाउने प्रयास गरिरहेको जानकारहरु वताउँछन्। सोही योजना अन्तर्गत ली छ्युन नेपाल आउन लागेको उनीहरुको भनाई छ। ली छ्युनले नेपाल आएर पुनःनिर्माण भएका सम्पदाहरूको अवलोकन गर्ने भन्दा पनि टुटफुट भएका कम्युनिष्ट नेताहरुलाई जोड्ने प्रयास गर्ने श्रोतको दावी छ ।

विशेष