News

विधिवत रुपमै छुट्टिए जेरी र शंकर, छोरी जेरीले नै राख्ने

विधिवत रुपमै छुट्टिए जेरी र शंकर, छोरी जेरीले नै राख्ने

गायिका बबिता बानियाँ ‘जेरी’ र उनका श्रीमान् गायक शंकर क्षेत्री विधिवत रुपमा अलग भएका छन्। दुबैले सहमतिमा औपचारिक रुपमै सम्बन्ध टुङ्ग्याएका छन्।

सहमतिमै सम्बन्धबिच्छेदका लागि निवेदन दिएका उनीहरुले विहिवार अदालतमा पुगेर सम्बन्धबिच्छेदको कागजमा हस्ताक्षर गरेका छन्। तीन वर्षअघि बिहे गरेका उनीहरुको एक छोरी छिन्। छोरीलाई भने जेरीले नै लालनपालन गर्ने भएकी छन्। 

उनीहरु दुवैजना लोकदोहोरी गायनबाट चर्चामा आएका थिए। दुवैले मिलेर दुईवटा दोहोरी साँझ पनि खोलेका थिए। जेरीले सम्वन्धलाई निरन्तरता दिन चाहेको वताएकी थिईन । उनको यो भनाईपछि सामाजिक सञ्जालमा अधिकांशले शंकरको आलोचना गरेका थिए ।

त्यसपछि जेरीले आफुहरुको सहमतिमै सम्वन्ध विच्छेद गर्न लागेकाले शंकरलाई गाली नगर्न भनिन्। दोहोरी साँझमा सँगै रहेर शंकरको जन्म दिन मनाए। त्यसपछि भने शंकरले विभिन्न अन्तरवार्तामा जोरीकै कारण छुट्टिनु पर्ने अवस्था आएको वताएका थिए।

जेरी अधिकांश समय माईतमै वस्ने, घरको रेखदेख नगर्ने, स्वतन्त्रता पाईन भनेर जहिलै कचकच गर्ने, श्रीमानसँग जानु भन्दा मर्न तयार छु भन्दै हिड्ने गर्न थालेपछि सहमतिमै सम्वन्ध विच्छेको प्रकृया अगाडि वढाईएको उनको भनाई छ।
 

विशेष