डोटी भुकम्पपछि ३ सय पराकम्प
डोटीमा बुधवार राती ६ जनाको मृत्यु हुनेगरी भएको भूकम्पपछि त्यस आसपास क्षेत्रमा लगातार परकम्प गइरहेका छन् ।
बिहीबार बिहानसम्म ३ सय परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । बिहान ५ बजेर १३ मिनेट जाँदा बाजुरामा केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको परकम्प गएको केन्द्रका सहायक प्राविधिक राजेश शर्माले जानकारी दिए ।
यसअघि डोटीमा बुधबार बिहान सवा २ बजेतिर ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पले घर भत्किंदा ६ जनाको मृत्यु भएको छ ।