News

चितवनमा रविलाई भोटभन्दा थेगिनसक्नु प्रश्न, यस्ता छन उनीमाथि लागेका आरोप

चितवनमा रविलाई भोटभन्दा थेगिनसक्नु प्रश्न, यस्ता छन उनीमाथि लागेका आरोप

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनाव जित्नका लागि जनतालाई भ्रमित गरिरहेको आरोप लागेको छ।

स्वर्गीय पत्रकार शालिकराम पुडासैनीको मृत्युपछि मिडियाकर्मीको नाताले पाएको साथ र सपोर्टलाई भजाउने एक मात्रै उदेश्य राखेर चितवनमा उम्मेदवारी दिन आएका लामिछानेले आफनो उदेश्य पुरा नहुने देखेपछि जनता ढाँट्न थालेको स्थानीय राजनीतिककर्मीहरुले आरोप लगाएका छन्।

नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले लामिछानेसँग राजनीतिक सुझवुझ र विकासको एजेन्डा नै नभएकाले जनता ढाँटेर चुनाव जित्ने उदेश्यले अघि वढेको आरोप लगाए। ‘चितवनको विकासको सन्दर्भमा रविको पार्टीको खाका के छ ? विकासको मोडालिटी के हो ?, शुसासन संवर्धन र प्रवर्धन गर्न उनको भिजन के हो ?, उनले जनताका कति समस्यामा ध्यान दिएका छन्, सरकारी संयन्त्र भित्रका वेथिती सुधार्न के छन उनका योजना ?’ भन्दै न्यौपानेले प्रश्न गरे।

‘रवि लामिछाने आफनो घर भएको क्षेत्रबाट किन चुनाव लडेनन्’ भन्ने प्रश्नको उत्तर खोज्यो भने धेरै कुरा स्पष्ट हुने उनको भनाई छ। 

नागरिक्ता विधेयकमा रविको पार्टीको धारणा के हो ?
रवि लामिछानेको पार्टीले अहिलेसम्म नागरिक्ता विधेयकको विषयमा समेत आफनो स्पष्ट धारणा सार्वजनिक नगरेको न्यौपानेले बताए । ‘रविजीको पार्टीको आईडोलोजी के हो ? नागरिक्ता विधेयकको यत्रो विषय आयो। वहाँले आफनो धारणा सार्वजनिक गर्नु भो ?’ न्यौपानेले भने–‘सिन्दुर लाएपछि नागरिक्ता दिई हाल्नुपर्छ भारतिय नागरिकलाई भन्ने दृष्टिकोण हो वहाँको ? नेपालको नागरिक्ता त्यागेर अमेरिका पलायन हुने । अनि यसो फर्केर आएपछि फेरी अंगिकृत नागरिक्ता पाईहाल्नुपर्छ भन्ने हो ? अथवा अंगिकृत नागरिकले पनि प्रधानमन्त्री वन्न पाउनु पर्छ भन्ने हो ?’ 

कतिपय ठाउँमा रविलाई प्रधानमन्त्री वन्नुपर्छ भनेको र त्यस विषयमा उनले जनतालाई स्पष्ट पार्ने काम समेत नगरेको न्यौपानेले वताए । ‘वहाँ त अंगिकृत नागरिक हो। नेपालको संविधानले अंगिकृत नागरिकलाई प्रधानमन्त्री वनाउने ब्यवस्था गरेको छैन। त्यो कुरामा स्पष्ट भिजन हुनुपर्यो नी त।’ उनले भने–‘राजनीति भनेको ढाँट्ने विषय होईन, अंगिकृत नागरिक्ता वोकेको मान्छेले प्रधानमन्त्री वन्छु भनेर झुक्याएका छन्। स्पष्ट दृष्टिकोण चाहियो नी।’

घर हुँदैमा सवै थोक हुन्छ ?
रविले चितवनमै घर वनाउँछु भनेर अर्को भ्रम छरेको न्यौपानले आरोप लगाए । ‘रविले घर त अमेरिकामा पनि वनाए। अमेरिकन नागरिक्ता लिए। त्यहाँ समस्यापरेपछि नेपाल आए’ उनले भने–‘मिडियाकर्मी भए। प्रेस पासमा प्रेस काउन्सिलको अध्यक्ष किशोर श्रेष्ठसँग झगडै गरे। प्रेस पास पनि लिन सकेनन्।’ घर वनाउँदैमा सवै कुरा हुने हो र ? भन्दै उनले प्रश्न गरे।

दल र नेतालाई चोर भन्नेले आफै किन दल खोलेको ?
रवि लामिछाने भोट माग्न जाँदा ‘सवै दलहरु चोर भए’ भनेर आफु प्रिय वन्न खोजिरहेको न्यौपानले वताए । ‘अनि वहाँले चै दल किन खोल्यातनी ? स्वतन्त्र नै वसेको भए हुन्थ्यो नी त। अनि दलहरुले कहाँ के चोरे भनेर प्रमाािणत गर्नु पर्यो नी त। आरोपित पो गर्न सकिन्छ त रवि जत्तिको मान्छेले प्रमाणित कुरा वोल्नु पर्दैन ?’ उनले भने।

पुडासैनीको मृत्यु हुँदा रविलाई पोलेन ?
दल र नेताहरुलाई चोरको आरोप लगाउँदै हिड्ने रवि माथि पनि धेरै आरोप लागेको उनले वताए । ‘आरोपित गर्न सकिन्छ। तर, रविजीलाई आरोप छैन र ? शालिकराम पुडासैनी भाईले आत्महत्या गर्यो। रविजीलाई तँ लुटेरा होस, तँ फटाहा होस, तैले श्रम शोषण गरिस, तैले अरुलाई गठिस भनेर त्यत्रो आरोपित गर्याछ त’ न्यौपानेले भने–‘भलै मान्छेलाई मृत्यु हुने कारण, मर्नु पर्ने कारण सृजना गरे वापत प्रमाणित हनु सकेन। कतिपय घट्नाक्रमहरु प्रमाणित नहुन सक्छन्। प्रमाणित नहुँदैमा दोस मुक्त हुन्छ र ? कानुनी रुपमा दोस मुक्त होला, तर नैतिक रुपमा दोस मुक्त हुँदैनी त।’
 
कानुनका हिसावले रवि दोसी करार नभएपनि एउटा मान्छेको ज्यान गएको कुरा स्मरण गर्दै उनले ‘आफनै सहकर्मीले आत्महत्या गर्दा रविलाई दुख लागेन ?’ भन्दै प्रश्न गरे।

‘यि कुरा त रविका ब्यक्तिगत कुरा हुन भन्छन त ?’ भन्ने प्रश्नमा न्यौपाने भन्छन्–‘मैले पाँच वटी श्रीमती वनाएर हिडेँ भने रामप्रसाद न्यौपानेलाई उसको ब्यक्तिगत जिवन हो जे सुकै गरोस भनेर कानुनले/समाजले छोड्छ। मिडियाले छोड्छ। रविजीले त्यसो भन्नु हुन्थ्यो र ?’ 
 

रवि लामिछाने

विशेष