बालेन्द्र र मिस नेपालको भेट, यस्ता भए कुराकानी
![बालेन्द्र र मिस नेपालको भेट, यस्ता भए कुराकानी](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/11/balendra-a29ce.jpg)
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले मिस नेपाल प्रियंकारानी जोशीसँग भेटघाट गरेका छन्। भेटमा महानगरले संचालन गर्ने चेतनामुलक कार्यक्रममा सहकार्य गर्ने विषयमा छलफल भएको छ।
मिस नेपालको तर्फबाट द हिडन ट्रेजर र महानगर प्रमुख बालेन साहबीच बुधबार सहकार्यबारे छलफल भएको छ । हिडन ट्रेजर प्रमुख दिवाकर राजकर्णिकार, निर्देशक प्रमोद कंसाकार, मिस नेपाल जोशी र मिस अर्थ सरिशा श्रेष्ठ तथा मेयर बालेन्द्र बीच भेटघाट भएको थियो ।
मेयरमा निर्वाचित भएपछि पहिलोपटक हिडन ट्रेजरले बालेनलाई बधाई दिएको हो । महानगरले सञ्चालन गर्ने जनचेतनामूलक कार्यक्रममा मिस नेपालसँग सहकार्य गर्नेबारे छलफल भएको निर्देशक कंसाकारले जानकारी दिए ।
भविष्यमा मिस नेपाललाई महानगरको सद्भावना दूतको रुपमा नियुक्त गर्ने सम्भावनाबारे पनि छलफल भएको जनाईएको छ। हिडन ट्रेजरले सम्पदा संरक्षणमा समेत कार्य गर्दै आएको छ ।